नभुलेको सपना✍️
बजार भिड्भाड छ त्यही भिड्भाडमा एकठाउँ अझै बढी भिड्भाड देख्छु, संगैको साथिले भन्छ,त्याँ त केटाहरु हैन केटिसंग केटा पो झगडा गरिराछन यार मोबाइलामा खै के हेरिरहेको मेरो ध्यान एक्कासी उसको स्वरमा जान्छ। केही मिटरको दुरिमा ट्राफिक प्रहरीहरुलाई भ्याइनभ्याइ छ ट्राफिक कन्ट्रोल गर्नमा अलि अघाडी 15/20जना मान्छे झुरुप्प भएर सडक अस्तब्यस्त पारिरहेका छन,म पनि उतै लाग्छु, भिड छिचोल्दै अघि बढ्छु २ जना महिला प्रहरिले एकजना सेतो टिसर्ट कालो पाइन्ट लगाएकी २२/२५ बर्सकी देखिने महिलालाइ दुबैहातमा पछाडी बाट पक्रेर राखिरहेका छन ।उता 2जना केटाहरु पाउरोटी जस्ता फुलिएका गाला लिएर हवल्दारसहितको पुरुस टोलिलाई घटनाको बिबरण बतारहेका छन। महिला प्रहरिले पक्रेर राखेकी महिला बाघझैं झम्टिदैछिन।कुरो बुझ्दै जाँदा महिलालाइ सार्बजनिक बसमा यौन दुव्र्यवहार भएको र त्यसलाइ नकारेर महिलाले प्रतिबाद गर्दा ती २पुरुस हरुले गाला सुनिनेगरी चाबुक खानुपरेको बुझ्छु। भिड छिचोलेर अलि भित्र पुग्छु अनि देख्छु आफ्नै साथी टुइटरबाट परिचीत आफ्नै प्यारी साथी,म अघाडी पुग्नेबित्तिकै उहाँले चिन्नुभो रिसैरिसमा भएपनी फिस्स हाँस्नुभो,मैले नि ...