नेपालीहरुको सरकारी रोग ग्याँस्टिक
कोठाबाट हिड्नेबेलै साथी अलि अस्वस्थ छ। आज अन्तिम नाइट हो यो हप्ताको भोलि त त्यसैपनी छुटी छ।अघिल्लो दिन त अर्को सिफ्ट्को साथिले उसको ड्युटी गरिदिएको थियो, पछिल्लो दिन अर्थात हप्ताको अन्तिम दिन अन्तिम रातको काम गर्नुपर्ने अन्तिम रात, श्रीलंके बूढो ड्युटी पार्ट्नर सक्छु आज त भनेर जोस देखाउँछ, मनमनै सोचें ठिकै छ पहिलो एक घन्टा पोस्ट्मा राखौँला त्यसपछी पेट्रोलिङ सकिएपछी सुत्न पठाइदिउँला।ड्युटी आइयो, पहिलो हावर बूढो पोस्ट्मा बस्यो म पेट्रोलिङमा निस्कें, करिब रातको एघार बज्यो।अनि पोस्ट्मा आएर भने "लेट्स गो टु दि रेस्ट अन्टिल 4एम"बूढो खुसिहुँदै निस्कियो, म पोस्टमा बसेँ तर, बुढाको खुसी धेरैलामो टिक्न पाएन,,,,
रातको करिब 1:30/35बजेको हुँदोहो, एक्कासी जिउ तल देखि माथिसम्म सररर गरेर आयो चिसो भएको जस्तो पनि लाग्यो गर्मी भएको जस्तो पनि लाग्यो, खै के खै के बाहिर जाढो हुने भित्र खलखली पसिना आयो।म एकछिन त आफैमा अलमल्ल परे, के भएको मलाइ खै केही पत्तो पाउन सकिन,, एक्छिन मा वाकवाकी लाग्यो।एक कप मन तातो पानी खाएँ अनि ह्वाल्ल छादेँ।छि!अघि खाएको झिंगे माछा र भात तँछाडमछाड गर्दै निस्किए।त्यो देखेर आफैलाइ घिन लाग्यो फेरि वाक वाक गर्दै 2/3पल्ट ओकालिदिएँ,भुँडी खाली भो बल्ल अलिक ठिक भएजस्तो अनुभव भयो।अनि पानीले मुख कुल्ला गरेर बसेँ। फेरि 2/4मिनेट बित्न नपाउँदै, फेरि वाक्वाकी लाग्न थाल्यो। वाक वाक गर्छु,अलिकती थुक बाहेक केही निस्किन्न भुडिमा केही भएको भएपो निस्क्योस पनि। वाक वाक गरिरहेँ पानी खाइरहेँ प्रत्येक 2/4मिनेट पछि त्यो पानी त्यसरिनै वाक वाक गर्दै फ्याकिरहेँ।अत्ति नभएपछी चाहिँ पार्टनर लाई फोन लगाएर भने,"पोर्सिड टु द पोस्ट" केहिबेर पछि बूढो आइपुग्यो,बूढो आउँदा म उसैगरी वाक वाक गर्दैथेँ, बुढोले हेर्यो र भन्यो,, टाउको दुखेको छ? म "छैन"
पेट दुखेको छ? म "छैन" कतिबेला देखि यस्तो भो? म "त्यस्तै भो होला ३०मिनेट जति" जिउसिउ दुखेको ज्वरो छैन हैन हैन त? म "हो" अनि बूढो भन्छ, "ग्याँस्टिक भयो तलाइँ,,," तत्काल 2/4वटा प्लास्टिकको झोला ठिक पारिदियो र भन्यो "लौ जा गएर आराम गर उल्टि आयो भने यसैमा गर अनि सुत उत्तानो परेर" लौ हेर झन साथी आएर एम्बुलेन्स बोलाउला मेडिकल टिम बोलाउला भन्ठानेको त बुढाले त झन हलुका हिसाबले पो लियो कति सजिलै भन्न सकेको गएर सुत भनेर बुढादेखी पनि रिसै उठेर आयो एक पल्ट त।
फेरि एक मन ले बुढाको कुरा पनि होकि होकि झैं लाग्यो हुन त मलाइ न ज्वरै आको छ न पेट नै दुखेको छ।कम्तिमा त्यो क्षणका लागि बुढाकै कुरा मानिदिएँ,सुत्न गएँ गएर एक्छिन पल्टेको फेरि वाक वाकी आको आकै आको आकै गर्न थाल्यो,,पेटमा केही भएपो बाहिर आओस अलिकती थुक निस्किन्छ, जिउ तातिन्छ, जाडो भएजस्तो हुन्छ फेरि वाक वाकी लाग्छ।अनि ग्याँस्टिक शब्द सम्झिन्छु, फेरि वाक्क गर्छु अलिकती थुक निस्किन्छ, जिउ तातिन्छ फेरि सुत्न खोज्छु फेरि वाक वाक लाग्छ, आखिर के हो त ग्याँस्टिक? रोगै हो? मन भन्छ हो नै त होला नि! फेरि १/२साल अघि एकजना डाक्टरसाबले टुइटरमा आफ्नो टुइटमार्फत आफ्नो एकजना जापानी साथिलाइ नेपालमा ग्याँस्टिक नामको रोग छ भन्दा हाँसेर ग्याँस्टिक पनि रोग हो भन्दै उल्लु बनाएको भनेर सेयर गर्नुभएको सम्झिन्छु, फेरि उतिनैबेला वाक वाकी लाग्छ, वाक गर्छु अलिकती थुक बाहेक केही निस्किनुपर्ने कुरा छैन सरिरमा।पानी सम्म खानु हुँदैन वाक्क निस्किहाल्छ, जेन तेन रात बिताइयो,बिरामी साथी लिएर अघिल्लो दिनड्युटी आएको म भोलिपल्ट आफैं बिरामी भएर कोठामा पुगेँ। सबै साथिहरुलाइ श्रीबृती सुनाएँ। साथिले पनि सुनायो।सबैले ग्याँस्टीक नै हो भने मानौ तिनिहरुनै एमबिबिस एम्डि हुन।,एउटाले लसुन पानी बनाइदियो खाएँ वाक्क गरें निकाल्दिइ हालें। अर्कोले उनिहरुकै श्रीलंकन सैलिका घरेलु औषधि बनाइदियो खाएँ त्योपनि केहिबेरमा वाक्क गरेँ निकालिहालें।केहिबेर सन्च होला जस्तो भयो।फेरि केहिबेर पछि त्यस्तै,अत्ति नभएपछी अन्त्यमा बिहानको आठ बजेतिर अब यो झारफुक बाट पार नलाग्ने भन्ने जोखाना आफ्नै मनले दिएपछी, लोकल इमरजेन्सी नम्बरमा कल गरें:-
इमरजेन्सी सेवाकी बैनी लोकल सैलिमै बोलिन- -
इ सेवा-"सलामवालेइकुम अलफाजा दोहा"
म - वालेकुम सलाम!म फल्नो फल्नो मान्छे फल्ना ठाउँबाट बोलेको मलाइ मेडिकल हेल्प चाहिएको छ।
इ सेवा-वेत फर मिनेत आम फर्वाटिग कल फर मेडिकल टिम।स्टे अन होल्ड।
म -अलराइट!
मे टि- सलामवालेकुम हमाद मेडिकल इमरजेन्सी टिम।
म -वालेइकुम सलाम! म फल्नो मान्छे फल्नो ठाउबाट फल्नो फल्नो कारण ले फल्नाफल्ना समयदेखी फल्ना फल्ना दुखझेल्दै आइरहेको छु,
मे.टि.- ठिक छ, चिन्ता नलिनुस हामी तपाइलाइ सहयोग गर्छौ, बरु मेटिकल टिम त्यहाँ नआइ पुगिन्जेल कुनै खानेकुरा पानी मेडिसिन केहिपनी नखानुहोला,।
म:हुन्छ,
मे टिम - अनि सर एकलै बस्नुहुन्छ कि साथिहरुसंग?
म -साथिहरुसंग।
मे टिम- ल ठिक छ, चिन्ता नगर्नुस साथिहरुलाइ आफ्नो समस्या सुनाउनुस अनि साथिहरुलाइ हामी भनेर हामिले देखिने ठाउमा बस्नुस है, अनि फेरिपनी भन्छु कुनैपनी प्रकारका मेडिसिन खानेकुरा पानी अरु पिय पदार्थ केहिपनी नखानुहोला हाम्रो टिम न आइपुगिन्जेल। हाम्रो प्रतीक्षामा रहनुहोला। धन्यबाद!
केहिबेर पछि स्वास्थकर्मिको टोलि आइपुग्यो, चेकजाच गर्यो केही दबाइ पनि दिए पानी खुवाए अनि भने,अब ३०मिनेट भित्रमा फेरि उल्टि भएछ भने हस्पिटल जानुपर्छ, तपाईं तयार हुनुहुन्छ त्यसको लागि?
मैले गो अ हेड भन्दिएँ। उनिहरुले के के गर्नुपर्ने थ्यो त्यो गरे। उनिहरुले आफ्नो धर्म निभाए।मैले सोधें खासमा चै के भएको मलाइ? उनिहरुले फिस्स हाँस्दै जबाफ फर्काए,,"खै सबैथोक त ठिकै छ सायद खानामा केही समस्या थ्यो कि?"स्वास्थय टोलिको उपचार पछि वाकवाकी रोकियो, हल्का टाउको दुखेको जस्तो भैराथ्यो,त्योपनी पारासिटामोलले हलुका पेलियो।बेलुका जिउ चंगा भयो अन्त्यमा साथिहरु संग तमाम बिसयमा एकछिन छलफल चल्यो र अन्त्यमा निश्कर्श निस्कियो त्यो दिन मलाइ ग्यांस्टिकले नै दु:ख दिएको थियो।
(यो मेरो यथार्थ भोगाइ हो लेखाइमा शैली मिलेन होला भनाइमा भाव मिलेन होला जतिले मन लगाएर पढिदिनुभयो यहाँहरु सबैलाइ धन्यबाद!)
Comments
Post a Comment