भन्नू केही छ?
बाउले छोराला पैसा दिए
बाउ खुसी हुन्छ,
छोरा पनि खुसी हुन्छ,
छोराले बाउलाइ पैसा दिन परे
पहिला छोराले निधार३पत्र मुजा पार्छ।
मुख रातो बनाउँछ,
बुहारिको अनुहार मा बादल छाउँछ!
तेरा बाउलाइ किन पैसा दिइस
के खान देको?
के गर्नलाइ दिएको?
प्रहरिले केरकार गरेझै गरि प्रश्नै प्रश्नको
प्रश्न बाचक श्रीमती प्रश्नपुस्तिका पाउँछ।
आमाले छोरिलाइ पैसा वा गर गहना दिए
आमा पनि खुसी छोरी पनि खुसी
ज्वाइँ त खुसी हुनेनै भयो।
त्यही कुरा छोरिमा लागू हुँदा मेरा
बाउआमा मैलेनै पालेको छु दाजुभाइले त हेरेनन।
भन्ने दम्भ मनमा गमक्क पार्छे।
मनका पिडाहरु अलिकती केहिछिनलाइ मात्रै भएपनी पर सार्छे!
अनि सोच्छे कास म छोरा भैदिएको भए।
त्यही छोरिले आफ्नी सासुलाइ एक्जोडी चुरा मात्रै के किन्दिन परोस 100पल्ट सोच्छे मैले किन किन्दिनु पर्यो?
के खाँचो छ र? चाहिने जति त उसकै छोरिले ल्याइदिइहाल्छ नि! हामी त के हो र ?आखिर ल्याइदिए पनि देख्ने होइनन! हाम्री भाउजुबुहारी कत्ती सुखी त्यस्ता राम्रा सासुससुरा पाएका छन तैपनी संगै बस्दैनन!हाम्रा जस्ता किच्कन्ने परेका भए चाख्थे! कुकुरलाइ घिउ नपचेकाहरु!
आखिर बाउआमा बाउआमै हुन बुहारिका भएपनी नन्द भाउजुका भए पनि ज्वाइजेठान का भए पनि हैन त? सबैले सोच्नु पर्ने कुरा हैन र?सुन्दा अलि नमिठो लाग्ला तर रियालिटी यहि हो। कतै यसमा तपाइनै त पर्नुभएन?
यदि पर्नुभयो भने पनि ठिकै छ मनन गर्नुस सुधृनुस।चाहिने नचाहिने तोरि सोचलाई मनमा नराखौ।सबैले बुवाआमालाइ माया गरौ!❤️❤️
"Home is not home without dad and mom."
Comments
Post a Comment