म ठाउँमा भएको भए यति चाहिँ गर्थें!😎

उत्पादन मा गोरु र किसानको सम्बन्ध कस्तो हुनुपर्छ। देशका प्रधानमन्त्री लाई किसान र सम्पुर्ण सरकारी कर्मचारिलाइ गोरुको रुपमा चित्रण गरि सोचिहेरौं।
(प्रस्तुत छ किसान म र कर्मचारी भएको भए के गर्थें?)
१- सर्बप्रथम १५/२०वटा लुतेल्याङ्रा सिहार नपुग्नेगरी धेरै गोरु पाल्नुभन्दा सिहार पुर्याएर थोरै जति पाल्दा सिहार पुग्छ त्यति नै पाल्न तिर लाग्थें!
२-गोरुहरुको खानामा कम्प्रमाइज मरिजाउँ गर्थिन पहिला ठुस्स अघाउने गरि खुवाउँथे ता कि काममा गएपछी यताउती चर्न बल नगरोस।
३-काममा गएपछी जत्ती सक्छन सकेजती पेलेर काम उठाउन प्रयास गर्नेछु!
४-यत्ती गरिसकेपछिपनी अल्छी गर्ने गोरुलाइ चाहिँ ह्या चल्दैछ बिस्तारै यसैलाइ काम लाउँछु भन्ने मा म मरिजाउँ जान्न अल्छेलाइ सिधै बेचिपठाइदिन्छु ता कि अरु जोस जाँगरले भरिएका तर खानै नपाएका गोरुहरुले चान्स पाउन!
५-गोरुलाइ यति सबल बनाउँछु कि यदि अरु कसैले चान्समा डान्स हान्दै जोत्ने कोसिस गर्छ भने जिउ तन्काएर आँखा मा आँखा जुधाएर डुकृन सकोस कि मेरो हलिले मलाइ सबकुरा दिएको छ तँ कुन खेतकी मुलि होस वे मलाइ जोत्न खोज्ने?
निश्कर्श: गोरुहरुले मज्जाले किसानलाइ सहयोग गरेको किसान ले कहिल्यैपनी अन्न उत्पादन मा कमि आएको मैले देखेको छैन!;)

Comments