कैदी मन!

जिउँदै थिइ उ तैंले मारिस!~ तपाईं भन्नुहुन्छ!
थियो त्यो निर्दोष प्रणी दोशि तैंले पारिस~तपाईं भन्नुहुन्छ!!

बिस्तारै चढ्दैथिइ उ प्रगतिको सिखर,
खुट्टा तानी तल तैंले झारिस!~ तपाईं भन्नुहुन्छ!!

मन दुखेको बेला मुटु चर्किएर रुँदै थिएंँ म!!
अनयासै भावनामा देखावटी आँसु झारिस!~ तपाईं भन्नुहुन्छ!!

असारमास को हरियो लहरो जस्तै थिइ उ कठै!!
निमिट्यान्नै पारी तैंले लतारिस!~तपाईं भन्नुहुन्छ!!

म निर्दोस म निर्दोष भनी कति बिन्ती गरौं म महोदय?
नौनी घिउ जस्तै थिइ उ आगो बनी तैंले खारिस ~तपाईं भन्नुहुन्छ!!

मुटु जलेको प्रमाण खरानी ठिक पारिस?~तपाईं भन्नुहुन्छ!
जिउँदै थिइ उ तैंले मारिस!~तपाईं भन्नुहुन्छ!!
                                        
                                      -युबराज अधिकारी 
                                               -दोहा कतार


Comments