kakarvitta to panagaun.

कुरो सन 2006/2007 तिर को हुनुपर्छ, गाउँका चोकडाक अन्तरे काका उसैका दाजु साइला काका, नीर बहादुर राई उर्फ निरे काकाको कान्छो छोरो (ठ्याक्कै नाम याद आएन) बेदा भनिने बेद बहादुर राई र मेरो माइलाइ दाइ र म स्वंयम पैसा कमाउने सुरमा इन्डिया भासिने जोसले बिहानै काकरभिट्टा पुग्यौं,हाम्रो सानो जम्बो टोलि इन्डियाको एउटा पैसा फल्ने जग्गाको गन्तव्यतिर लम्किंदै थ्यो, त्यो दिन हल्का हुस्से लागेको थियो, बिहानै काकर्भिट्टामा नेपालि पैसा लिने र पारी जानेहरुलाइ भारु दिएर बिदा गर्ने त्यसैबाट जिबिका पार्जन गर्ने दाजुभाइ दिदिबहिनी हरुलाइ भ्याइनभ्याइ देखिन्थ्यो,हल्ला गरिगरी कोहि बाझ्न खोज्दै उनिहरु आफ्नो ब्यबसाय बढाउनमा ध्याउन्न देखिन्थे,, हामिले पनि त्यसै भिढभाडमा पसेर आफुलाइ चाहिने जति त्यो पनि के भनौ गोजिमा भएजती पैसाको तर्जुमा मिलायौं र मेची पुल हिड्दै हिडदै पारी पुग्यौं।त्यसपछी पानीट्यान्किमा केहिबेर अलमल गरेपछी हामी लाग्यौं सिलिगुडिको बसमा।केहिबेरको अलमल पछि हामी सिलिगुडिमा झरियो,एक्छिन पछि हाम्रो टोलिको नाइके बेद बहादुर राई उर्फ"बेदा" राइले जय गाउँ सम्मको टिकट काट्यो सबैलाइ त्यसपछी म बबुरोलाइ लाग्यो हामी जाने पैसा फल्ने सहर त जयगाउँ पो रहेछ। तर बसमा चढेपछि थाहाभो पैसो फल्ने सहर त जयगाउँ नभइ पानागाउँ रहेछ, पोहोर साल तिनै चोक्डाक साइला काका र बेदा दाजुनै आएर मान्छे चिनी राखेका रहेछन,त्यहाँ सुन्तलाको खेती हुँदोरहेछ, र सिजनका बेलामा पुर्बी नेपालका झापा इलाम मोरंग पाचथरका मान्छेहरु गएर सुन्तला बोक्ने काम गर्दा रहेछ्न,आधाबाटो पुगेपछी पो कुरा बुझियो हामी त भारिबोक्न पो जाँदैरहेछौं दाजु र छक्कै परियो, सत्यता बुझेपछी दाजुले पनि मुख बिगार्यो मैले त मुखै फोरेर दाजुलाइ भनिहाले होस नजाउँ भारी बोक्न काँ सकिएला? 
दाजुले सम्झायो होस अब न आउनु आइहालियो अब काकाहरु संगै फर्किनुपर्छ, मैले रुन्छे अनुहार लाएर लौ नापियोस न त भन्नुको भावले मुन्टो हल्लाउनु भन्दा अर्को उपाय देखिन।😁
दाजु म भन्दा 3बर्स ठुलोभएपनी बडि स्टक्चर उस्तै उस्तै नै थियो साना लुते हेर्दै मरन्च्याँसे! तरपनी गाउँघरमा काम गरेको देखेका ती काकाहरुले पत्याएरै बुवालाइ "आ-यिनिहरुको स्कुल पनि छुटिनै छ पठाइदिनु हामिसंग २/४पैसो कमाएर ल्याउँछ्न देश पनि हेर्छन " भनेर  सल्लाह गरेछन घरमा आमाबाउको पनि सल्लाह भएछ र जनही 1000हजार भारु ठिक पारेर आमाबाउले उनिहरुकै बिस्वासमा हामिलाइ बाटो लगाएका रहेछन, हुन त आमाबुवालाइ पनि अलिकती अपेक्षा  त थियो नै होला टिनेजर छोराले केही नभएपनी २/४ दिन नुन तेल खाने पैसो त कसो नबनाउलान? तर उता छोराहरुलाइ भने भारी बोक्नुपर्ने कुरैले औडाहा भैसकेको थियो, तैपनी जो होगा देखा जाएगाको भावलाइ आत्मासाथ गर्नुभन्दा अर्को बिकल्प पनि त थिएन, बेलुका ६बजेको आसपास हुनुपर्छ टिस्टाको वारिपारिको बाँदरलढने पाखो छिचोल्दै गाडी जयगाउँ "जयगाँ" पुग्यो हामिलाइ त्यही ओरालेर गाढी उकालै लाग्यो कहाँ पुग्यो त्यो आफै जानोस, त्यहाँ झर्नेबित्तिकै साउको छोरो हामिलाइ लिन ठिक्क भ्यान लिएर कुरेर बसेको रहेछ, त्यसैमा चढयौ, अनि तेर्सो लागेको जस्तो लाग्छ एकैछिनमा अलिअली चियाबारिको बिचको एउटा ठूलो घरमा पुर्याइयो, केही छिनको  हाइहलो पछि साहु बुढाले भने पोहोरकै ठाउँमा बस्नु टहरा बनाउनु डोकोसोको छैन बुन्नु,भन्ने आदेश आयो, संगस्ंगै उसैका छोरा कान्छा हिमाललाइ पनि निर्देशन भयो सुन्तला बारिमा बसेर सुन्तला टिप्न लाउने गन्ने हिसाब किताब राख्ने, एबंम रितले गफ सम्पन्न भैसकेपछी बढो आदरसत्कार मा त्यो रात आँखा चिम्म गरियो, बिहान हामी उठ्दा नउठ्दै गाउँका मान्छेहरु भेला भैसकेका थिए, हामी उठ्यौं नित्यकर्म सकेर कुरो बुझ्दा त हाम्रा साउजी भनिएका बुढा त गाउँका अलिक गन्नेमान्ने गरिबदुखिलाइ साहयोग गर्ने फटाहा हरुलाइ साम दाम दण्ड भेद प्रयोग गरि तह लगाउने पो रहेछन ,वरिपरि हरियो चिया बगान बिचमा चिया बगानका मालिक हरुलेनै बनाइदिएको साना साना तर एक्दमै  राम्रा घर हरु, घरको भित्तै पिच्छे गोरखाल्याडका नाराहरु स्पस्ट नेपालिमै लेखिएका, घरै पिछे नेपाली चन्द्र सुर्य अंकित झण्डा देख्दा "आहा यो पो हो त रास्टृयता" भाव आउने गाउँका मुखियाका घरमा  कुल्ली भएर पुगेका थियौं हामी बुढा एक्दमै दयालु खालका देखिन्थे,बुढाको नजरमा अरुलाइ भन्दा हामी दाजुभाइलाइ देखेर माया छ्ल्किकिएको स्पस्ट बुझ्न सकिन्थ्यो मन मन मा के सोच्थे त्यो उनी आफै जानुन। 
बिहानको चियानास्ता पछि हामिलाइ केही घन्टा हिडाएर एउटा भारत र भुटान बिचबाट बग्ने खोलाको बगरमा पुर्याइयो खोलो सानो थ्यो सुक्खा मौसम भएर होला एकापट्टी अनकन्टार जंगल अर्कापटी बाँदरै लढ्लाजस्तो पाखामा पातला भुटानी बस्ती, खोलाको किनारमा अलिकती बगरमा ढुंगामुढा साइड लाएर छाप्रो लाएर बसेर काम गर्नेहरु पहिल्यै देखि त्यहाँ पुगिसकेका थिए, हामिले पनि अब तेस्तै बनाउनुपर्ने थ्यो, हामिपनी त्यही कर्ममा लाग्यौं कसैले जंगल्मा गएर बाँस काट्यौं कसैले ससाना मुडाहरु भेला पारेर तिखारेर खाँबा बनाउने काम गर्यौ, केही घन्टा पछि एउटा छाप्रो तयार भयो त्यसमा तृपाल हालियो,त्यति गरिसक्दा हाम्रा लागि गलेर आउँदा जिउ सुताउने ठाउँ भैसकेको थियो। अर्को दिन बिहानै हामी डोको बुन्नलाइ बाँस काट्नतिर लाग्यौ बाँस काटियो जंगल मा मरिमरी खोलाको बगरमा झारियो, २जना काकाहरु चोया काड्न थाले हामी बगरको एउटा कुनामा कुवा खनेर खानेपानी तर्जुमा गरि बगरकै ढुँगाको चुलो बनाइ सुकेका हाँगाबिगा भेला पारेर खाना बनाउन तिर लाग्यौ, त्यहाँ हाम्रो पल्टन मा सबैभन्दा सानो म र दाइ नै थियौं।त्यो दिन जसोतसोगरेर काकाहरुले डोको बुनिसके बेलुका खानाखाइसकेपछी हामि दाजु भाइले डोकोको लागि जनही 100रुपैयाँ दिनुपर्ने  भयो, त्यो दिन देखिनै परदेशमा आफ्नो कोहि हुने रैनछ जस्तो महशुस हुँदै गयो हामिलाइ जबकी सबै काम हामिले पनि संगै गरेका थियौ, संगै हामिसंगै भात पकाउने मान्छेले तिर्न नपर्ने हामी दाजुभाइले मात्रै तिर्न पर्ने? सायद तिनिहरुलाइ थाहा भएको हुनुपर्छ हामिसंग पैसा उभृएको छ, हामिसंग लग्भग 1500जति भारु पैसा उभृएको थियो, त्यही पैसा यता उता गर्दै कहिले तेल कहिले के ल्याएर सकियो पछि अन्त्यमा पैसा थापेपछी सबैले तिर्ने निणयका साथ सबै पैसा चलायौं, केहिदिन पछि सबैले पेस्की लिएछ्न तर हामी दाजुभाइलाई थाहा सम्म थिएन, हामी त खाली डोको बोकेर खोलैखोला पहाडको टुप्पो मा रहेको बाँदरलढने पाखाबाट सुन्तला बोक्ने त्योपनी अरुको तुलनामा हामी 2जनाले बोकेको भारी उनिहरुको एकजनाजति मात्रै हुन्थ्यो, अहिले सम्झिन्छु त्यो दिन हरु अनि आफैं मनमनै हाँस्छु अनि भन्छु आफैंलाइ बेकुब जिन्दगी!
इन्डिया र भुटानको बोडरमा रहेको त्यो खोलाको नाम स्पस्ट त थाहाछैन अहिले तर (सायद पानाखोला) थियो।त्यो खोला भुटानको भिरपाखा छिचोल्दै इन्डियातिर लम्किएको छ, खोलाका वरिपरि ठुलाठुला पाखाहरुमा सुन्तला बगान लगाइएको छ,
(सांकेतिक तस्बिर)
श्रोत :फेस्बुक।
सुन्तला बगानका साउजिहरु त्यहाँ नबसेपनी त्यहाँका आदिबासिहरु, त्यही केही गाई बाख्रा पालेर त्यही सुन्तलाबारिको रेख्देख गरेर बस्छन,सित्तल मौसम भएपनी बेलुकातिर त्यो पहाड्तिर हेर्नेहो भने डरैलाग्दो कुहिरो मडारिएको देख्न सकिन्छ, त्यहिमाथी त्यस्ता अन्कन्टार जंगल बिचका सुन्तलाबारिमा कसरी बस्न सकेका हुन मान्छेहरु,, मैले त्यहाँ बस्ने मान्छे र हाम्रा राउटे जातिमा अलिकती पनि भिन्नता देखिन झट्ट हेर्दा उस्तै झुत्रेझाम्रे कपडा लगाएका मालिक आउं,दा सत्कार गर्ने मालिकले जे भन्यो त्यही मानिदिने सायद,,साह्रै मायालाग्दा मान्छेहरु देख्न पाइयो,हुन त उनिहरुले हामिलाइ देख्दा पनि मायालाग्दा नै देख्थेहोलान,
(सांकेतिक तस्बिर)
श्रोत:फेस्बुक
  करिब १५/२०दिन को भारी बोकाइपछी एक्दिन अलि बढी सुन्तला हालेर ओरालो झर्दै थिएँ, एउटा ढुङामा चिप्लिएर डोको सहित ग्म्रयाङ्गुम्रुङ करिब 3मिटर जति ओरालो गुल्टिएँ टाउको मा अलिकती ढुङाले काट्यो, रगत निस्कियो, सुन्तला केही दाना कच्याक कुच्क्क भए ,जस्तोतसो रगत निस्किन छोडेपछी दाजुभाइ मिलेर सुन्तला उठायौं भारी फेरि बनायौं र हिड्यौं संगैका साथिहरुले एक्छिन रोकिएर सहयोग सम्म गरेनन बरु हामी पुगदा खाना खाइसकेर फेरि हिड्न लागिसकेका थिए, धन्न साउ अलि रामै परेछ र कराउन चै कराएन बरु भन्यो आज सक्दैनौ भने नजाउ हामी भुटान घुम्न जाउँला,,दाजुले पनि साउजिको कुरामा सहि थप्यो तर मलाइ दाजुलाइ मात्रै किन एक्लै पठाउनु भारी बोक्न जस्तो लाग्यो र तत्काल भन्दिएँ, हैन म सक्छु केही भा छैन हल्का ठोकिएको मात्रै हो, त्यस्पछी साउजिले पनि कर गरेनन।खानासाना खायौं,र फेरि लाग्यौ सुन्तला बोक्न खोलैखोला सुन्तला घारितर्फ,, त्यो दिन हामी ग्रुप मा पछि पर्यौं,दिनैभरी दाजुभाइ मात्रै ढिलो भैरहयौं, केहिदिन पछि पैसाको लेनदेन लाई लिएर चोकडाक काका र बेदा अनि अर्को साथिको झगडा पर्यो कुरा बुझ्दै जाँदा सबै हिसाब किताब गर्दा हामिलाइ तिर्नुपर्ने पैसा सबै उसैको भागमा परेको रैछ ,काकाहरु भन्दा रहेछन तैले दि हाल बिचरा ती सोझा अधिकारी केटाहरुको पैसा बेदा भन्दोरैछ "अहिले छैन अलि पछि दिउं,ला" त्यही बिसयलाइ लिएर झगडा भएको रहेछ, तर बेदा दाइको अलि पछि त्या बस्दासम्म कहिल्यै आएन जतिपल्ट हामिले माग्यौं दिउँला दिउँला भन्यो तर कहिलयै दिन चै दिएन पछि घर आइसकेपछी पनि धेरैपल्ट माग्यौं त्यो पैसा तर पछि पछि भन्दा अर्को उत्तर आएन अन्त्यमा अत्ति भए दाजुले रिसले भन्दिएछ "त्यति जाबो पैसा खाएर ठूलो बन्छस भने बन जाँठा!" रिसाएको देखेर बेदाले भनेछ अलिपछी दिन्छु मनिस न रिसा दाजु अझै रिसले चुर हुँदै भन्दिएछ, "भो!खा जाँठो! अब माग्न पनि आउँदिन" त्यसपछी न हामिले माग्यौं न बेदादाजुले दियो नै।
हुन त रमाइलो पनि थियो पानागाउँ साहुको कान्छो  छोरो  हिमाल उतिबेला 30/32को हुँदोहो, पैसाको तुजुग र तातो रिसको कारण हिमाल गाउँमा अलि लफडाबाजी मुद्दामा चिनिएको रहेछ, उसले राम्रो मुखले सम्झाउँदा नमन्नएहरुलाइ मुड्केसास्ती दिएर पनि ठाउँमा ल्याइहाल्ने गरेको रहेछ, उतिबेला एउटा सुजुकी बाइक पनि थियो भुटानी नम्बर प्लेटको गाउँका हरुले भन्नेगर्थे "त्यो बाइक पनि कुन्चाही डुक्पालाइ लुटेर ल्याएको हो हिमालले!"के गरेर ल्याएको हो हिमाल आफै जानोस। तर उसका अघि चै गाउँका सबै जयजयकार गरेको जस्तो गर्थे ठुलाले हिमाल भाइ भन्थे सानाले हिमाल दाइ, तर सजिलै बुझ्न सकिन्थ्यो त्यो गाउँ,मा हिमाललाइ मन पराउने खासै धेरै थिएनन। हिमाल सुन्दर थियो र चालू पनि उत्तिकै, दिनहुँ जस्तो उसले कोहि न कोहि महिला साथी भन्दै ल्याइरहेको नै हुन्थ्यो, बेलुका भएपछि तल हाम्रो क्याम्प तिर आएर पारिपट्टि भुटानको गाउँको एउटा पसलबाट रम बियर ल्याएर दिनभरी काम गरेका मान्छेलाइ बाँकी पिलाउँथ्यो, धेरैजसो चै मलाइ लगेर जान्थ्यो,बियर पक्डेर पछाडी बस्न हिमाल हाम्रोलागी त ठिकै थियो तर सनक चलेको बेला उस्ले कसैलाइ थर्काउन छोडदैन थ्यो, एक्दिन उसकी काकीसंग सुन्तलाको हिसाब किताब केके मा कुरा मिलेनछ हामी बिहानको खाना खान लागेका थियौं, एक्कासी हल्लाखल्ला मच्चियो,लामा भासामै केके भना भैरी भयो खै के के भन्दियो बाझदाबाझ्दै उसकी काकी बेहोस भएर ढलिन,सबैजना मिलेर पानी सानी छ्यापेर एक्छिन भित्र सित्तल मा सुताएपछी उसकी काकी होसमा आइन तर बेहोसै हुनेगरी के भन्दियो हिमालले त्यो आजसम्म पनि मैले बुझ्न सकेको छैन, काकी होसमा आएपछी हुँइकेर पारी भुटानको पाखोतिर लागेको हिमाल दिनभरी आएन एकैपल्ट बेलुका आयो र मलाइ हिड भाइ घर जुम भन्यो बाइक स्टार्ट गर्यो पछाडी मलाइ राख्यो र हुंकियौ हामी उसको मुलघर तिर,हिमालका परिवार संयुत परिवार थियो उसका काकाकाकी सबै एकै घरमा बस्थे, घरमा पुग्दा सबैजना हिमाललाइ नै पर्खेर बसेका रहेछन खानाखाईसकेपछी खास हिमाललाइ बोलाउनुको को रहस्य खुल्यो बिहानको कुरा काकिले सब हिमालका बाउलाइ सुनाएकी रहेछिन काकाले पनि करायो बुढा बाउले त पिटौला झै गरि झपारे हिमाललाइ बिचरी हिमालकी लुति पत्नी अक्क न बक्क परेर हेरिरही सबै बोलिराखेको ठाउँमा केही नबोली हेरिमात्र रहने त्यही हिमालकी धर्मपत्नी र म मात्रै थ्यौ त्यहाँ।केहिबेरको झपाराझपार लफडाबाजी बैठक पछि बुढाबाउले हिमाललाइ काकिको खुट्टा ढोगेर माफी माग्न लगाए हिमालले माफी माग्यो काकिले खुसी हुँदै हिमालका गाला मुसारिन।आखिर मातृत्व झल्किनै हाल्यो। धेरैजस्तो हामी बेलुका भएपछी खोला नजिकैको एउटा भुटानी गाउँमा जान्थ्यौं त्यहाँ एउटा सानो पसल थियो,पसल राम्रै चलेको थियो चहलपहल राम्रै हुन्थ्यो त्यो पसल मा, हिमालले बियर रक्सी ल्याउने दोकान पनि त्यही थियो, देश अर्कै भएपनी आफ्नै भासा बोल्दा आफ्नै गाउँघर जस्तै लाग्दो रहेछ, त्यहाँका मान्छेहरु हाम्रा तामाङ लामा दाजुभाइ जस्तै थिए अनुहार उस्तै बोली उस्तै लुवाइखुवाइ चै अलिक फरक एकदिन हिमाल दाइ संगै जस्तो लाग्छ अलिमाथिको गाउँमा गएका थियौ घर मुनि बारिमा झालेमाले गाइगोरु बाँधिरहेका थिए घरमा मान्छेको खासै चहल पहल थिएन खै के कामले गइएको थियो त्यो चै बिर्सिएँ तर त्यो घरमा खाएको घिउ हालेको कालो चिया चै बिर्सिन सकेको छैन, हाम्रो समाजमा चिया खाँदा चिनी हालेर खाएजस्तै त्यहाँ घिउ हालेर चिया दिने चलन रहेछ त्यो घरमा पुग्नेबित्तिकै एउटै १६/१७ बर्सकी जस्ती देखिने एउटि केटि हाम्रा अघि आइपुगिन जिन्दगिमा घिउ हालेको चिया नखाएको मलाइ अनेस्टली भन्नुपर्दा अलि घिन घिन चै लागेकै थ्यो तैपनिसत्कार गरेर दिएको कुरा जबर्जस्ती खानैपर्यो। अलि चिप्लोचिप्लो अलि खल्लो खल्लो खल्लो जस्तो स्वाद न प्लात को थियो त्यो चिया।फर्केर आउँदा किन भुटानिहरु चियामा घिउ हालेर खान्छन भनेर सोधेको थिए हिमाल लाई उसले "उनिहरुको चलन" भनेर सटिक उत्तर दिएको थियो। सायद उसलाइ पनि खासै थाहा नभएको हुँदोहो क्यार।
त्यस्तै दुख सुख चल्दै गर्दा लग्भग १महिना जति बसिएछ अब हिमालको बारिको सुन्तला पनि सकियो उसले पनि लग्भग त्यो सालको कमाइ थन्क्यायो हामिलाइ पनि जतिजती हाम्रो भागमा थियो १रुपिय तलमाथी नगरी हिसाब किताब गरिदियो घरमा लग्यो सबैलाइ आदर सत्कार संगले बेलुका घरैमा अतिथी सत्कार गरि बिहान आफैले भ्यान बोलाइदिएर हामिलाइ फेरि फेरि आउनु है भन्दै बिदाइको हात हल्लायो हिमालका परिवार ले यसरि हाम्रो kakarvitta to panagaun यात्रा सकियो।हामी सबै एउटै गाडिमा घर फर्कियौ।🙏

Comments