संसारमा मुर्खको औसधि छैन अनि कोरोनाको पनि।
बर्शको गर्मी मौसम भर्खर सुरु हुँदैछ मरुभुमी तात्तिन सुरु भैसकेको छ मिड्लइश्टमा,अनि टेम्प्रेचर बढ्दैछ मेरो सिरमा पनि। मर्निङ ड्युटी,, बिहान 7बजेको छ, अफिस मा अफिसर हरु आउने क्रम जारी छ, सबैलाइ body tempreture नाप्दै भित्र पठाउँदै छु, आफ्नो पनि नाप्दैछु घरी घरि १घन्टाको अबधिमा 6/7पल्ट नापिसके थर्मोमिटर को पारो अहँ ४०ंसेलिसियस बाट मरिजाउँं घटदैन,जसो तसो ड्युटी सकिन लागेको छ, तर जिउ भने झन झन भारी भारी भइरहेको छ,,, बिहानैदेखी बिहान देखि हैन हिजै बेलुकादेखी हल्का जिउमा केही त ठिक नभएको संकेत पनि नगरेका हैनन हड्डी छाला र मस्तिस्कले, तैपनी अल इज वेल अल इज वेल भन्दै आफैंलाइ सम्झाउन छोडेको छैन, कोठामा सबैलाइ जस्तो ज्वरो आएकै छ, कसैको अनुहार ले इट्स अल वेल भनेको अहँ पटक्कै देख्दिन सबै नियाउँरा देखिएका छन साथिहरु साथी पनि अँध्यारो अनुहार लगाएर क्याबिन छिर्छ,,कुन्ताको काले हप्सी झन स्याड अनुहार लाउँदा त उसको अनुहार हेर्न लायक छ, सोध्छु i don't know its good for asking you or not.but i think u have some issu on your body.am i right?
"yes, i feel not good. But how to know it? प्रतिप्रश्न गर्यो कालेले,मैले भने "यु लुक्स लाइक भेरिस्याड टुडे"। फिस्स हाँस्यो र भन्यो "माइ बोडि टेम्प्रेचर इज मोर्देन 37 सिन्स यस्टरे इभिनिङ,,,, मैलेपनी फिस्स हाँस्दै भने "इभनमि" फेरि सोधें "डिड्यु टेल टु एनिवन अबाउट इट?" उस्ले छोटो जबाफ दियो "नो नट एट अल।" मैलेभने "आइथिंक वि ह्याब अ कोरोना" फिस्स हाँसियो दुबैजना कुरा अघाडी बढेन कुरा फुल इस्टप! अन्तिम हावर ड्युटिको रिपोर्ट लेखिसके पछि उस्लेनै सोध्यो "ह्याब यु एनि सिम्टम्स?" मैले भने " नटएट अन्टिल नाउँ" एन्ड यु? एक्ज्याक्ट्ली सेम।मैलेनै सोधें व्ट्स्युर प्लान फर फर्दर टृट्मेन्ट? उस्ले भन्यो आइडन्ट नो लेटस सि 24हावर्स,इफ सिक्वेसन विल नट गुड आइबिल ट्क विथ क्याम्बोस। उसले कुरा अगाडि बढाउन चाहेन त्यसैप्नी कालेमोरो त्यति बोल्न चाहान्न।बोलोस पनि कसरी मोरोको बुडिसंग झगडा नपरेको दिनै हुन्न। डिउटी सकियो रुम गैयो जिउ तातेकै छ थाहा छ ज्वरो आएको छ, तर भन्न कसैलाइ भनेको छैन, निन्द्रा लागेजस्तो हुन्छ सुत्न खोज्यो तनाब ले निन्द्रा लागोस त मार्दिनु, मोबाइल हेर्यो टुविटर खोल्यो जत्ताततै त्यही कुरा छ कोरोना कोरोनाको दोश्रो लहर इन्यामा लासराख्ने ठाउँछैन नेपालाँ पनि त्यो दिन आउँन बेर छैन कोहि बिज्ञ भएर कोहि ज्ञान बाँड्दैछ्न कोहि तिनैको कुरा मा झगडा गर्दैछन कोहि हया केही हुन्न भन्दै सान्त्वनाका सब्दहरु पस्किदैछन त कोहि अन्य कुरामै मस्किंदैछन।यो सामाजिक संजाल ले पनि सकारात्मक र नकारात्मक दुबै काम गर्ने रहेछ, कोहि त्यही संजाल मा जसरी पनि हिम्मत गरेर बाँच्नुपर्छ भन्दैछन त कोहि डर देखाएरै मार्लान जस्तो गर्दैछ्न, जसोतसो निदाइएछ, बिउँझिदा पसिना निस्केको छ खल खली ए आमा हो। उठ्छु बाहिर गएर मुख धुन्छु, ऐनामा अनुहार हेर्छु, रातो न रातो भएको टाउको तातिएको छ रननन, एउटा मनले भन्दैछ, तलाइ भेट्यो कोरानाले,अर्को मन ले भन्दैछ नडरा कान्छा मर्न लेखेको छैन भने बारहातको टागाले पनि छुँदैन। दोधारे मन गलेको ज्यान बोकेर मेसतिर लाग्छु, खाना खान बस्छु,, अहँ स्वाद छैन खान मन भएपो? जसोतसो 2/4गाँस टिपेर उठ्छु, सुत्न लागेको छु बुढिको फोन आइराछ, इग्नोर गर्दैछु किनकी बोल्न मन नै छैन साथिहरु पनि सबै सुत्ने तरखर मा छन सबैलाइ बिहान ड्युटी जानू छ, मेरो ड्युटी पार्ट्नर को रुम संगै छैन, उसंग अब भोलि बिहान सम्म भेट हुन्न अरुसंग कुरा मिल्दैन कुरा मिल्दैन भन्नुको मत्लव अरुलाइ थाहा छैन कि हामी दुबैजनाको बडिटेम्प्रेचर एभव 38°सेल्सियस भन्ने।अरुसंग भन्नेकुरा पनि आएन,, फेरि मैले त मनमनै अठोट गरिसकेको छु कि म कसैलाइ भन्दिन आफै लड्छु यो रोगसंग,, यदि लागेकै हो रहेछ भने पनि।, बिहान ड्युटिमा पुग्ने बितिकै कालेले सोधिहाल्यो वाट एबाउट यु? आम ओके &यु? "आम ओके बट आइह्याड फिबर इन नाइट ह्याड्याक टु मच",, मैले सोधे &नाउँ? "नाउँ नथिंग बट आइ फिल विक" मैलेभने "यु वन अ रेस्ट सम्टाइम्स?" उस्लेभन्यो not now but if i need ill tell you. मैलेभने okey then have a great day.उस्लेपनी भन्यो you too.
काम मा लागियो,जसोतसो दोस्रो दिन सकियो ड्युटिको अन्तिम आवर मा कालेमोरो संग फेरि त्यही कुराकानी भयो,उसले भन्यो "म त हिजोको जस्तो भयो भने एम्बुलेन्स बोलाउँछु आज त" मैले भने "म त कसैलाइ भनेको पनि छैन र भन्दिन पनि" फिस्स हाँसियो रुम तिर लागियो।
रुम मा पुगेपछी केहिबेर आराम गरियो बेलुका भयो अनि नाकबाट सिगान निस्किन थाल्यो घाँटी पनि खस्खसाएको होकि केही अड्केको होकि जस्तो लाग्न थाल्यो, मनले भन्यो अब त पक्का हो कान्छो कोरोनाको बाँस भएको तेरो सरिरभित्र।मनैले कन्फम गरेपछी कसैको बाउको केही नलाग्दो रहेछ सम्झें केपि बा को भासण घरायसी "मसलाजन्य चिज खाने बेसार पानीखाने उडाइदिने कोरोना सोरोना" आखिरी देशकै अभिबावक हुन उमेर उमेर पनि त चार बीस जति कटेकै होलान पक्कै केही नबुझी त बोलेनैन होला। दोकान गएँ अदुवा बेसार ल्याएँ अनि राखेँ पानी तताएँ त्यस्लाइ गिलास मा राखेर एक्छिन छोपेँ अनि तनन्तनि पिएँ अनि सिरक ओढेर पसारिएँ। बिहान उठ्दा त ओहोहोहो,, जिउ त बाबै दिन्भरी परेट खेलेर दुखेजसो पो भएको छ मरिमरी उठें नित्यकर्म गरें त्यस्पछी फेरि केपि बा कै बुट्टि तिर लागें फेरि एक गिलास बनाएं पिएँ अनी घाम लागेको ठाउँमा गएर बसें न्यानो भयो चैत को घाम सोच्दैछु साला म यहि ठाउँमा बित्यो भने के होला?अर्को मन फेरि भन्दैछ हत्तेरी यस्तो सोचेर किन घटाउँछ्स आफ्नो मनोबल सोच तेरो पछि कतिजना छन उमेरले ६दसक कटेका आमाबुवा बाटो हेरेर बसेकी स्वास्नी भेट्दै नभेटेकी छोरी आदि आदि सोक्दा सोच्दै दिन बित्यो। रातिको ड्युटिछ राती 10बजेको छ। पहिलो पेट्रोलिङ मेरै छ। काले मुख फुलाएर ड्युटिमा हाँजिर छ। सायद आजपनी उसको घरकी चै संग झगडा भएको छ। सामान्य हाइहलो गाडिमा चड्नुअघी भएको छ त्यसपछी न उसले बोलाएको छ न मैले संगै छौं तर मौन छौ अपरिचित जस्तै,, जिउ भारी भारी हुँदैछ कम्मर देखि मुनि त बिहानै देखि दुख्न थालेको अहिले त माथिपनी दुख्ला झै भा छ कसलाइ सुनाउनु सुन्ने पनि को नै छ र जत्ती दुख भएपनी घरमा त मरिगए नसुनाउने अठोट लिएको छु।फेरि सुनाएँभने त म भन्दा बढी त उनिहरुनै आतिन्छन किन बिथामा आत्तिन लाउनु? होस जे हुन्छ हुन्छ सुनाउँदिन।आज चौथो दिन आज टाउको सधैंभन्दा अलि बढिनै चर्किरहेको छ ,लाग्छ् कसैले मेरो निदारमा ह्याम्मर चलाइरहेको छ, आजपनी राती नै ड्युटी छ,जसोतसो हिजो त गरेर आइयो आज झन स्थिती नाजुक छ तर कस्सैलाइ थाहा छैन म बाहेक र थाहा हुन दिन्न पनि भन्ने अठोट मा छु,९बजेतिर बुडिसंग कुरा भयो भयो पनि के भन्नू मन नलागी नलागी बोलें र अन्त्यमा भएको नभएको सकिएका खुरापाती कुरामा निहुँ खोजेर रिस उठाइदिएँ अब ढुक्क भयो 2/4दिन अब मैले कल नगरेसम्म मरिजाउँ कल गर्दिनँ बोथ्रुङ ले। आमा बुवालाइ पनि कल गरिन, समय बित्यो रात बित्यो,,,तर कोरोना जिहु का तिउँ मरिजाउँ सरिरको टेम्प्रेचर घट्दैन, दिनहुँ नाप्यो जिउँकातिहुँ। आज ९औं दिन आज हप्ताको पहिलो आफ्टर्नुन ड्युटी पेनाडोल खाँदैखादैं गाडिमा चढियो,साथी उस्तै रुन्छे मुख लगाएर ड्युटी आएको छ, बोल्चाल गर्न मा उसको आजपनी त्यति मुड देख्दिनँ केटोले क्याबिन मा छिर्नेबित्तिकै टेम्प्रेचर नापिहाल्यो 34मा झरेछ बधाइ केटोला नबोली मेरो अनुहारतिर हेरेर फिस्स हाँस्यो।मानौं उ कुनै युद्धपछि जित हाँसिल गरेर फर्केको छ।मैलेपनी नापें तर उहीँ 39 I'm like हर्ष न बिस्मात।गेटमा बस्न झ्याउ लागेर हिड्छु फस्ट पेर्ट्रोलिङ मै, आउट्साइड सकेर भित्र छिर्छु,टाउको भारी भएको छ जिउ दुखेर मर्नु भएको छ, कोहि कस्तो छ तँलाइ भन्ने मान्छे छैन मन गलेको छ ज्यान गलेको छ तैपनी काम गर्नुपर्ने नै छ र गर्दैछु पनि।नयाँ अफिसको पछाडि एउटा अफिस खाली छ त्यहाँका प्रत्येक कोठाहरु खाली छन ,1घन्टाको समयमा 15मिनट बितिसकेको छ,अबको पैंतालीस मिनेट पछि गेटमा कालेसाथिलाइ बाहिर पठाउन पुगनै छ मैले सोचें एउटा पेनाडोल खाएर एक्छिन ढल्किनु पर्ला,गलेको मन गलेको ज्यान बोकेर 38नम्बर रुम भित्र छिरेर भुँइमा लडिबढी गरे घरि देब्रे तिग्राको भित्र दुखेजस्तो हुन्छ घरी ढाड्मा घोचेजस्तो हुन्छ,घरी नसै चुटिएला झै गरि टाउको चड्किन्छ घर एक्छिन सन्छ भएजस्तो पनि हुन्छ, चिसो कुरा खाउँ जस्तो पनि हुन्छ फेरि एक्छिन पछि खुरापाती मन ले भन्छ चिसोमा त झन फैलिन्छ रे कोरोना।ह्या जे होला होला कसैलाइ सम्झिन्न केही सम्झिन्न एक्छिन घोप्टो परेर पल्टिन्छु भुँइमा,, सायद पेनाडोल ले काम गर्यो क्यार दिन बिताइयो।अर्को दिन बिहान पख तेतिकै सार्ह्रो परिरहेको छ जत्तिको हिजो ड्युटिमा परेको थियो। हिजो र आजमा फरक यति छ आज रुम मा छु।हिजो र आज मा फरक यत्ती छ आज तन्किनै लागेभने मेडिकल टिम बोलाइदिने साथी छन। हिजो र फरक यत्ती छ आज मा तन्किहालें भने देख्ने साथी छन। हिजो र आजमा फरक यत्ती छ सुनसान ठाउँमा टाइमिङ मा सुत्नु पर्दैन, तर हिजोभन्दा आज आज मन गलेको छ ज्यान गलेको छ एक गिलास अदुवा लसुन पानी र एउटा पेनाडोल खाइसकेपछी फेरि पल्टिन्छु आफ्नै बिस्तारामा हनहनी ज्वरो आएको छ स्वाद नाकले गन्ध थाहा पाउन छोडेको ३दिन भैसक्यो,आज त अत्तिनै भयो हुँदा हुँदा सास फेर्न पनि गाह्रो भैसक्यो तरपनी हिम्मत हारेको छैन, कसैलाइ यस्तो भो मलाइ हस्पिटल लैजा भनेको छैन, तर सोचाइ चैं अलि बढिनै सोचन थालेको छु साला जिन्दगी यत्तिनै होकि? हैन हैन केही हुन्न अर्को मन ले मनलाइ सम्झाइहाल्छ उतिबेलै छटपटी बेचैनी ओहोहोहो के के हो के के,, दिउँसोको करिब २बजेको हुँदोहो कोहि छैनन रुम मा छ त त्यही एकलो शरीर खुरापाती मन फुट्नलागेको टाउको र रसिला आँखा पेट कटक्क दुख्छ ट्वाइलेट जान्छु टुसुक्क बस्छु खलखल पसिना आउँछ भननन रिङटा चल्छ अँध्यारो देख्छु एक निमेष केही चालपाउँदिन जसोतसो रुम आउँछु पल्टिन्छु बिस्तारामा सम्झ्निछु सानामा आमालाइ रुँदैरुँदै पछयाएको आमाले मिठाई ल्याइदिन्छु भनेर फकाएको। सम्झ्न्छु भुन्टी(कान्छी बहिनी) लाइ सकि नसकी बोकेर हिडेको।सम्झिन्छु दिदी दाजु बुडि सानी छोरी सासू ससुरा भएभर का आफन्त हरु मिल्ने साथिहरु, गाउँघर बस्तुभाउ चराचुरुङ्गी साथिसंगी सबै आंखै अघि यसरी झलझली आउँछन कि मानौ त्यही छोटो समय छ मसंग सबैलाइ सम्झिने,मानौं जिन्दगिको गाडी छुट्नै लागेको छ र म हतार हतार सबैलाइ बिदा माग्दैछु। एक निमेष झस्स सोच्छु कसैलाइ त भनेको भए हुनेथियो,,,अनि आँखा चिम्म गर्छु।
बिउँझिदा टाउको हल्का भएको फिल गर्छु,, तर जिउ अहँ जस्ताको तेस्तै दुख्न अलिकती पनि कम भएको भए मार्दिनु खाना खान मन छैन हिड भाइ त्यतिक्कै ड्युटी। ड्युटिमा प्रत्येक पेट्रोलिङ टाइम एउटा एउटा खाली कोठामा छिरदै लडिबडी गर्छु बिहान पख टेम्प्रेचर नाप्छु 35°देखाउँछ तर्मोमिटर ले काले पनि मुखमा हेरेर मुसुक्क मुस्कुराउँछ। अलिकती आस पलाउँछ।अब जितियो कोरोना।
आज संका लागेको 10औं दिन जिउ चंगा छ मन हल्का भएको छ ज्वरो हट्यो मात्र अलिकती कम्जोरी महसुस भइरहेको छ,,आमालाइ फोन गर्छु,आमा भन्नुहुन्छ किन अत्रोदिन फोन गरिनस म भन्छु पैसा थिएन त्यही भएर।
Comments
Post a Comment