Dear petia"2"

मन्द मुस्कान छाड्दै उ मोबाइल गोजिमा थन्क्याउँदै भन्छे /दे अल्वेज्वान्स्टु इन्जोए दे नेभर सिरियस माइ अल फ्रेन्ड आर सेम नोबडी टेकिङ सिरियस टु लाइफ अल आर अन्लि निडेड इन्जोए फकिङ्फेलो।" साथिहरुको भडास अलिकती निकाल्न खोज्छे सायद साथिहरुको लहैलहैमा लागेर आफू पनि त्यस्तै भएकामा दु;ख ब्यक्त गरेकी हुनसक्छे,,फेरि मोबाइल चिच्याइहाल्छ, ह्या कत्ती चिच्याउँछस मोबाइल लाई चु लाग! भनेको भावमा फोन उठाउछे, फटाफट बोल्छे ओके पिकप टु मि आमवेटिङ अन सेक्युरिटी हाउस! उताबाट जबाफ आउँछ "स्टेदेयर" यता टुक्क गरेर फोन काटिन्छ। हाय अचम्मका मान्छे सब्दै पूरा नभै काटिदिन्छन म सोच्छु म त्यो फोन गर्ने केटाको ठाउँमा भएको भए र कुनै नेपाली केटिलाइ त्यही बस म आउँदैछु भनेको भए केटिपटिबाट "ल" नभनेसम्म काट्ने थिइन र "नेपाली केटिले पनि तपाईं कहाँ हुनुहुन्छ र कतिबेला आइपुग्नुहुन्छ नसोधिकन फोन राख्ने भए त मेरो नाम फेर्दिनु!" म मन मनै कम्पेयर गर्न थाल्छु उ फेरि सिग्रेट सल्काउन थाल्छे मतिर बटटा बढाउँदै भन्छे तिमिलाइ के चाहिन्छ? म पार्टिमा जाँदैछु। म जबाफ दिन्छु अहँ केही चाहिन्न मैले भर्खर भात खाएको म अघाइरहेको छु,,ढिपी गर्छे केही त खानै पर्छ तिमिले तिमिलाइ थाहा छ मैले पहिलो पल्ट यति खुलस्त तरिकाले बोल्ने नेपाली भेंटे आज खुसी लाग्यो तिमिलाइ भेटेर अझै थप्छे मेरा अफिसमा पनि छन नेपाली तर कोहि खासै हाँस्नेबोल्ने मान्छे भेट्दिन सामान्य हाइहलो मात्रै मात्रै गर्छ्न म पनि के कम सेम टु सेम फर्काइदिइहाले हाम्रा अफिसाँपनी छन युरोपियन तर सबै हाइहलो मात्रै गर्छ्न पहिलो पल्ट तिमिलाइ भेंटे खुलेर बोल्ने खुसी लाग्यो। उ मख्ख पर्दै भन्छे "धन्यबाद, सायद अफिसमा कामको प्रेसर ले होला फेरि टाइम पनि त हुन्न,म त 2महिना भो वक फ्रम होम गरेको जे होस कोरोनाले ठिकै गरेको छ कम्तिमा घर बस्न पाइएको छ।"अनि म भन्दिन्छु तिमिहरु भाग्यमानी हामिलाइ त कहिल्यै छुटी मिलेन अझ जिम्मेवारी बढ्यो। हल्का दयालु भावमा भन्छे तिमिहरु फिल्ड्मा हुन्छौ नि त जहिल्यै पब्लिक सर्भर्😊डियर" जबाफमा फिस्स हाँसिदिन्छु म त्यतिकैमा फुल स्पिड्मा आएको ल्यान्ड्क्रुजर एक्कासी रोकिन्छ हाम्रो अघि,, गाडिलाइ इसारा गर्दै भन्छे "हेर कसरी कुदाँउछ गाडी फकिङ्क्रेजी फेलो" एक झोका भडास पोखिदिन्छे उ आफ्नो साथिको ड्राइभिङउपर। म संग मुस्कुराउनु उपर अरु उपाय छैन मुस्कुराइदिन्छु बस। गाडिको मान्छेलाई बोलाउँदै भन्छे "डेभिड  मिट माइ न्यु फेर्न्स" डेभिड हात अघि बढाउँदै भन्छ "हाइ आम डेबिड"हात मिलाउँदै भन्छु "हेल्लो आम फलानो व्हटसप?" आम गुड व्वाट अबाउट यु? प्रतिप्रस्न गर्छ उ उत्तर दिदैं भन्छु म पनि बिन्दास। कुरोलाइ टुंगोमा लाने कोसिस गर्दै भन्छ उ नाइस्टु मिट्यु ब्रो।र अन्त्यमा भन्छ वि ह्याब टु गो नाउ बट होप टु सि यु सुन। सहमती जनाइदिन्छु म, गाडिमा चड्छे पेटि हिड्नै लागेको गाडिलाइ रोक्दै मलाइ सोध्छे उ अं साचैं तिमिलाइ के ल्याइदिनु जबाफ त दिएनौं नि मलाइ म भन्छु "तिमिलाइ जे मन छ त्यही ल्याइदेउ।" अनि मलाइ मन पर्ने कुरा तिमिलाइ मन परेन भने? म भनिदिन्छु "म मन पराइदिउँला नि तिम्रोलागी" हल्का लजाउँदै उसले सहमती जनाउँछे फ्लट गर्दा लजाउने स्वभाव नारिमा हुन्छ नै चाहे त्यो युरोप को होस कि एसियाको उसले पनि नारिभाव देखाइहाली "हुन्छ त उसोभए" भन्दै उनिहरु बाटो लाग्छन। म आफ्नो काम तिर। मोबाइल मा वाट्सफ म्यासेज टिङ्ग गर्छ हेर्छु लुकमान भन्दैछ "ब्रदर आइ स्टिल वाचिङ यु&पेटिया हाहा इमोजिको साथमा" मैलेपनी हाहा इमोजीलाई खेताला पठाइदिएँ अनि अर्को म्यासेजमा लेखिदिएँ प्लिज कोअप्रेट टुनाइट फ मि,, उसले भन्यो स्योर ह्वाइ नट,मैले लेखें thanks, उसले लेख्यो वाम्वेल्कम।
2घन्टा पछि रातको 2:30बजेको छ,बढेमानको जि एम सि गाडी मेरो अघि रोकिन्छ,एक जना 40/45कि लेडि ड्राइभिङ सिटमा छे,साइडमा "पेटि" साइट्को झ्यालको सिसा तलझार्दै पेटि मलाइ भन्दैछे डियर मलाइ भित्र लगिदेउ न आज अलि बढी पिइएछ,मसंग नाइनस्ती गर्ने उपाय छैन अर्कि आईमाई चैं बरु ढुङा बोलोस म बोल्दिन सैलिमा गजक्क परेर बसेकी छे यति सम्म कि पेटि गाडिबाट झर्दा बाइ सम्म नभनी गाडी हुँइकाउँछे। पेटि तल झरेर भन्दैछे बाइ डियर थ्यान्क्यु। म उसलाइ समातेर भित्र घरमा लाने कोसिसमा छु,, अरुबेला पब्लिक एरियामा हात छुनु त पर जावोस अनुहार सम्म सिधा नजरले नहेरुन भनेर महिलाले अभाया लगाएर हिड्नुपर्ने देशमा आज म आज पेटियाको हात समातेर भित्र लादैछु। उ धरमरिँदै हिड्ने कोसिस गर्दैछे मदिराले लठ्ठ छे लठेप्री! अझ बोल्दैछे माइन नगर ल डियर अलि धेरै पिएँ आज यस्तरी भन्दैछे कि मानौं म नै उसको पोइ हुंँ,,।भित्र रिसेप्सन मा पुगेपछी सिधै लिफ्ट बाट रुम पुर्याइदिने तयारिमा छु म तर उ त्यही बस्न चाहन्छे। "एक्छिन यहाँ बस्छु ल अफिसर प्लिज माइन नगर्नुस ल" उ मलाइ फ्लट गर्न थाल्छे। म भन्दैछु "हैन तिमी गएर सुत घरमा म पुरयाइदिन्छु तिमी मातेकी छौ।" उ मान्नेवाला देखिन्दिन भन्छे "होस म त तिमिसंगै बस्छु यहिं सुत्छु तिमिसंगै बरु तिमिपनी यहि सुत न प्लिज" म अलि ठुलै स्वर निकालेर हाँसिदिन्छु र भनिदिन्छु म ड्युटिमा छु बिर्सेको?उ भन्छे ड्युटी आजको लागि बिर्सिदेउ प्लिज मेरो लागी" ए आम्मा हो के आइलागो मलाइ आज उसको ढिपिको अघि मेरो केही लागेन बसें उसैको छेउमा मोबाइल मा वाट्सप म्यासेज टुप्लुक्क आएछ हेरें "लुकमान कन्ट्रोल रुम बाट भन्दैछ त्यो इन्टर ब्यारियर उठाइदे अनि गफ गर" मैले माने इन्टर्ब्यारियर्को चाबी घुमाइदिन्छु उठाइदिन्छु पर्मानेन्ट्ली" जे होस साथिहरुले कुरा बुझ्छन कहिलेकाही।
पेटिया पार्टिमा भएका एक एक क्रियाकलाप सुनाउँदै जान्छे मानौं कुनै मुद्दामा आरोप खेपिरहेको आरोपित ले प्रहरिसामु आफुँलाइ सफाया दिइरहेको छ म सुनिरहेछु मात्र अनि अनि को भावमा।उ मेरो हात सामाउन छाडेकी छैन मानौ उसले हात फुस्काइ भने म भाग्नेछु,र फरार हुनेछु, उसले आफुलाइ मन पर्ने र मन नपर्ने खानेकुराको लिस्ट सम्म बताउन भ्याइसकी संगस्ंगै मलाइ सोध्न पनि उसलाइ भात पकाउँदा पानी धेरै भएर गिलो भए सबैभन्दा रिस उठ्ने त्यही चिज रे,मैलेपनी भनिदिएँ सानो हुँदा कहिलेकाही भात गिलोभए खुब रिसाउने बानी र खाना नै फ्यांँकिदिउँ झैं लाग्ने एक्दिन आमाले खै कसरी भातमा पानी धेरै हाल्नुभएछ म खेतमा जोतेर आउँदा बेस्स्मारी भोक लागेको र घरमा आउँदा गिलो भात देखेपछी म रिसाएको र खाना खान इन्कार गर्दैगर्दा बुवाले "गिलो भात र भलो मान्छेले कसैलाइ हानी गर्दैनन भनेर सम्झाएको सुनाएँ" उ खुसी हुँदै भन्छे "सो स्विट युवर ड्याड" म प्रतिप्रश्न गरिदिन्छु "देन हिज्सन?" उ खुसिले अलि बढिनै पुलकित हुँदै दुबै हात मेरो गालामा मसार्दै भन्छे "हेड्सम&क्लेभर" जाबो 5/7घन्टा भएको छैन चिनजान भएको उ यति फ्ल्यान्क भइसकी कि मानौं म उसैको बालापनको साथी हो जो संग उसले बाल्यकाल मा गुच्चा र चपललडाइ खेलेकी छे म यस्तै सोच्दैछु उ के सोच्दैछे उ आफैं जानोस।केहिबेर कोरोना कहरका कुरा पनि जोडिए संगस्ंगै हासिमजाक पनि चल्यो बिबाहको प्रसंग जोडियो युरोपियन सामाजिक संंजालमा मास्क लगाएर किस गरिरहेको फोटोको बारेमा पनि चर्चा चल्यो मुखमा त मास्क लाउला रे कोरोना बाट बच्न  अनि अरु कार्य? उ प्रश्न गर्छे अनि आफैं हास्छे म बुझिहाल्छु उसको भाव उ बोलिरहन्छे म सुनिरहन्छु बिहान हुन लागेको छ उसलाइ दारुले पनि छोडदैछ, भन्दैछे आजको रात म कहिले भुल्दिन तिमी भुल्छौ? खै थाहा छैन म भन्दिन्छु उ अक्क न बक्क भएर हेर्छे मलाइ फिस्स हाँसिदिन्छु अनि संगस्ंगै हासिदिन्छे उ पनि उ भन्छे तिमिलाइ कोरोनासंग डर लाग्छ? म भन्छु विश्व डराइरहेको छ म कोन्सा खेतको मुला हो र नडराउन लाई। उ भन्छे मलाइ डर लाग्दैन। म ओठ लेप्याउँदै भन्दिन्छु होला र त मास्क लगाएर यस्तो राम्रो अनुहार लुकाएर हिड्छेउ।उ भन्छे म राम्री छु रे? अनि के त? म प्रतिप्रश्न गरिदिन्छु, उ मख्ख पर्छे भन्छे खै कसैले भन्दैन त आजै हो तिमिले भनेको। म भन्छु होलाहोला उ भन्छे हो भन्या गडप्रमिस ए अनि बिहे चैं तेतिकै गर्यौ? बिहे? उ झसङ्ग हुँदै भन्छे मैले बिहे गरेको छु भनेर कस्ले भन्यो तिमिलाइ? कसैले भन्नू पर्छ र हेर्दै थाहा हुन्छ म उत्तर दिन्छु। वाह! तिमित अन्तर्यामी पो रैछौ त तर फेक आम स्टिल अन्म्यारिड आम जस्ट 24यर्स नाउ। हेर्दा त 48को जस्तो छौ त भन्दिन मन लाग्छ तर भन्दिनँ लौ हो र? मात्रै भनेर टारिदिन्छु।मेरो आसय बुझिछे क्यार आफै भन्छे- "भनेपछिअब मैले एकसर्साइज गर्नुपर्ने देखियो। स्मार्ट गर्ल भनेर मुस्कुराइदिन्छु।उ मख्ख पर्छे कुरा मोड्दै भन्छे यदि म कोरोना संक्रमित थिएँ र तिमिलाइ चुम्बन गरेंभने तिमी के गर्छौ? म बोल्दिनँ फेरि उ आंफै बोल्छे मिस्टर खै बोलेको तिमिलाइ साच्चैं कोरोनासंग त्यस्तो डर लाग्छ? फेरि म मौन उ यति भन्दैगर्दा मेरो अनुहार एक टक्क हेरिरहेकी हुन्छे।म अं हउ! पनि भन्न सक्दिन हैन  हउ! पनि भन्न सक्दिन।उ बिस्तारै टाँसिन्दै छे उसका गुलाबी ओठहरु थर्थराइरहेका देखिन्छन आँखा जुधिरहेका छन दुबैका डब्लु एच ओ का कोरोना रोकथामका नियम हरु बिस्तारै तोडिन्दैछन हामी दुबैबिचमा उ बिस्वस्वास्थ्य संगठन को कोरोना रोकथामका नियम हरु मिच्न तयार हुँदै फेरि म संग प्रश्न सोध्दै छे के तिमिलाइ सांच्चिकै डर लाग्छ कोरोनासंग? म केही बोल्दिन आखैले जबाफ दिएको हुन सक्छ उ उत्तर को अपेक्षा नगरी अझै नजिक हुन्छे।😊😊😊😊😊😊
त्यसपछी म मन मनै भन्छु "भाडमे जाएं कोरोना!"🤗

Comments