हेपिएको महसुस हुँदा।😥
बिदेशमा दिन दिनै हेपिएको महसुस गरिरहन्छु,,थाहाछैन खाली मलाइ मात्र यस्तो लागेको हो या अरु दाजुभाइ दिदी बहिनिहरुलाइ पनि यस्तो हुन्छ,,? युरोप अमेरिकामा कस्तो हुन्छ त्यो त थाहाछैन मलाइ। तर खाडिमा काम गर्ने नेपाली दाजुभाइले गर्बले छाती फुलाएर काम गर्ने बाताबरण चाहिँ म चाहिँ देख्दिन। त्यो सायद हाम्रै कम्जोरी पनि हुनसक्छ, या त नेपाली भन्नेबित्तिकै सानो काम गर्ने सोझा मान्छेहरु भन्ने दोस्रो पंतिका मान्छेको सोचाइ,,हाम्रो कम्जोरि कसरी भन्नुहुन्छ भने एक त हामी अएउ देश का तुलनामा हामी सीप सिकेर दक्ष भएर आउन सक्दैनौ,दोश्रो दक्ष जनशक्ति खाडिमा आउँदैनौ,कारण गरिबी , काम अनुसार को दाम देशमा नपाउनु, कामै नपाउनु चाहिँ म भन्दिनँ,कामै नपाएर आएको भन्नेलाई चाहिँ म मुखभरिको जबाफ दिनेगर्छु, अज्कल अस्ति मात्र बसमा बस्दाबस्दै एउटा इलामको दाजुले दुख पोखे "साला नेपाल मा कामै नपाउने" मुख मेरो चिलाइहाल्यो- सोधेँ दाजु तपाइले कतिठाउँ काम खोज्नुभो? दाजु एक्छिन अक्क न बक्क भए अनि भने- खोज्न त भएपो खोज्नु फेरि सोधें भन्नुस न मलाइ कतिवटा इटाभटामा काम खोज्न जानुभो? कतिवटा चामल मिलमा काम खोज्न जानुभो?कतिवटा घर बनाइराखेको ठाउँ,मा मलाइ काम दे भन्दै जानुभो?बुढा अलमल्ल परे अनि भने "खै तेस्तो त गरिएन" हो गरिएन भने कसरी भन्न सक्नुहुन्छ कामै पाउँदैन भनेर काम पाइन्छ तर काम अनुसारको दाम पो पाइन्दैन भन्नुस न।बुढा चुपचाप भए अरु साथिहरुले मौन सहमती जनाए,,बिदेशमा काम गरेर जसोतसो महिनाभरिको कमाइ जम्मा पारेर एकमुस्ट पैसा पठाउँदा घर परिवार मा केहिखुसी त देखिएला तर बिदेशमा बसेर दिनदिनै हेपिएको महसुस हुँदा चाहिँ लास्टै चित्त दुख्ने कहिलेकाही साथिहरु भन्छ्न यार जति हामिले काम गरेर पाउँछौं त्यति नेपालमै पाए त यत्रो पनि आउंदिन थिएँ, म पनि सहमती जनाउँछु, अस्ति भरखरै मात्र साथी "सुनिल पौडेल" ले दुबैबाट खै कुन चाहिँ पतृकाको एउटा न्युजमा कोर्ट गर्दै टुइट गर्नुभा थ्यो "यहाँजती पाउँछु त्यसको आधामात्रै तलब सरकारले देवोस म भोलिनै टिकट काटेर आउँछु" मैलेपनि समर्थन जनाउँदै मेन्सन मा "मपनी" लेखिदिएको थिएँ, यसले पनि के पुष्टि हुन्छ भने जतिसुकै राम्रो काम मा भएपनी बिदेश मा प्रायगरी खाडी मुलुकमा काम गर्ने म जस्ता कयौं साथिहरु सन्तुस्ट छैनन,,
किन हो किन म हरेक ठाउँमा नेपाली भन्नेबित्तिकै अलि तल्लो स्तरको काम गर्ने भन्नेजस्तो ब्यबहार देखाएको महसुस गर्छु, लोकल हरु त अलि रुड नै हुन्छन स्वभाबैले पनि तर अरु देशका मान्छेले पनि (युरोपियन कन्टृका र अमेरिकि बाहेक)अरु देशकाले पनि अलिकती होच्याएर थर्काएर बोल्न खोज्छ्न,,युरोपियन र अमेरिकन चाहिँ आजसम्म रुडवाला भेटेको छैन सायद उनिहरुको पोस्ट्ले पनि त्यसो गर्न नदिएको हुँदोहो।कारण सानो पदमा उनिहरु छदैछैनन वेल एजुकेटेड मान्छेको कुरा गराइ बाटै थाहाहुन्छ, र यहाँका लोकल ले पनि त्यो चाहिँ सिक्नुपर्ने देख्छु, नेपाल मात्रै हैन एसियाली देशहरुबाट जतिपनी कामदार आउँछन सबैलाइ त्यस्तै नै हो को कति हेपिने भन्नेमात्रै हो हेपिन त हेपिएकै छन तर धेरै हेपिएको चाहिँ मेरो अनुभवमा चाहिँ नेपालिनै छौ। खाडिमा,,कहिलेकाही मन दुखेरै आउँछ तर के गर्ने उहीँ मन बुझाउनलाइ एउटा पारिको उखान सम्झ्यो मन बुझायो "मजबुरिमे गधेको भि बाब बनान पड्ताहैं"
कहिलेकाहिं त लाग्छ सरकारले बिदेश जानै रोकिदेवोस कहि पनि जानै नपाउने होस टन्टैसाफ! तर सोचेर मात्रै नहुने,, प्रायगरी इन्डियन हरुसंगनै काम गर्नुपर्ने हुन्छ र तिनिहरुलेनै हेपेको महसुस हुन्छ मलाइ चाहिं बोल्न पनि उसैको भासामा बोल्नुपर्ने रे:
incidend-1
सेभेन पल्स भिल्लामा गएको महिना ओभर्टाइम गर्न गएको एउटा डेलिभरी बोइले "तुम्लोक नेपालिका औकात मालुम है भन्यो सहन सकिएन कुरा बढ्दैजाँदा एक मुक्का र २बेल्ट औकात स्वरुप उपहार दिनेहुँदा ८घन्टा मामाघर मा बिताउनु पर्यो।
incident:2- अस्ति एउटा इन्जिनियर संग मेरो निकै जोडकै बहस चल्यो,बिहान 10/11बजे भएको थियो आइडी मागेको किदर किदर से आतेहो तुम्लोक भनेर हिन्दिमा झन्कियो मलाइ पनि रिस झनन उठ्यो त्यतिमात्र हैन नेपाली भएर पनि हिन्दी आउँदैन?भनेर प्रश्न तेस्र्साइसकेपछिन मलाइ अत्ति हेपेको महसुस भयो के नेपालिको भासा हिन्दी हो? हिन्दी आउनैपर्छ भन्ने छ? अनेक प्रश्न मनमा उब्जियो झन रिस उठ्यो, आउने भएरै पनि मलाई हिन्दी बोल्न चाहिँ मन लाग्दैन तर तेसले यसरी भन्यो कि मानौं तेसको देशको भासा नबोली मलाइ सुखै छैन: मैलेपनी अलि रुडै तरिकाले भन्दिएँ "आइनो युर फ**ल्याङ्वेज बट आइडोन्ट्वन टक विथ यु कज दिस इज नट युअर फ*कन्ट्री" आइल कम्प्लेन टु यु भन्दै बाटोलागेको थ्यो ।त्यस्पछि आजसम्म देखेको छुइन|
incident:3- यहि महिनाको पहिलो हप्ता- एउटा इजिप्सियन अफिसर ले एकजना क्लिनर दाजुलाइ नराम्ररी झपार्दै गरेको भेटें अफिसमै काम के बिगारे कुन्नी था छैन तर "दि फ* फेलो लाइक किड्स नो एनि सेन्स?" भन्दैगरेको भेटें ती दाजैसंग उसलाइ दिने जबाफ मुख रातो बनाउनुभन्दा अरु थिएन।
कहिलेकाही एकान्तमा बसेर मनमनै सोच्छु त्यस्ता तोरिहरुंग दिनहुुँ डिसक्स गर्ने मजस्ता र दिनहुँ गालिखादै मुख रातो बनाउने दाइजस्ता कति होलान खाडिमा र कति दिन हो हामिले यस्तो गर्नुपर्नु? आफैंसंग प्रश्न तेर्स्याउँछु जबाफ भेट्दिन,,
यस्ता सानातिना कुराहरुले दिन दिनै हेपिएको महसुस हुन्छ। र प्रश्न मनमा उब्जिन्छ कतिन्जेल सम्म अर्काको देशमा हेपिनुपर्ने हो मैले र मजस्ता लाखौं दाजुभाइ दिदिबहिनिले?
उहि
खाडिको दुखिआत्मा।
२३जुलाइ२०२१
Comments
Post a Comment