नभुलेको सपना✍️
बजार भिड्भाड छ त्यही भिड्भाडमा एकठाउँ अझै बढी भिड्भाड देख्छु, संगैको साथिले भन्छ,त्याँ त केटाहरु हैन केटिसंग केटा पो झगडा गरिराछन यार मोबाइलामा खै के हेरिरहेको मेरो ध्यान एक्कासी उसको स्वरमा जान्छ।
केही मिटरको दुरिमा ट्राफिक प्रहरीहरुलाई भ्याइनभ्याइ छ ट्राफिक कन्ट्रोल गर्नमा अलि अघाडी 15/20जना मान्छे झुरुप्प भएर सडक अस्तब्यस्त पारिरहेका छन,म पनि उतै लाग्छु,
भिड छिचोल्दै अघि बढ्छु २ जना महिला प्रहरिले एकजना सेतो टिसर्ट कालो पाइन्ट लगाएकी २२/२५ बर्सकी देखिने महिलालाइ दुबैहातमा पछाडी बाट पक्रेर राखिरहेका छन ।उता 2जना केटाहरु पाउरोटी जस्ता फुलिएका गाला लिएर हवल्दारसहितको पुरुस टोलिलाई घटनाको बिबरण बतारहेका छन। महिला प्रहरिले पक्रेर राखेकी महिला बाघझैं झम्टिदैछिन।कुरो बुझ्दै जाँदा महिलालाइ सार्बजनिक बसमा यौन दुव्र्यवहार भएको र त्यसलाइ नकारेर महिलाले प्रतिबाद गर्दा ती २पुरुस हरुले गाला सुनिनेगरी चाबुक खानुपरेको बुझ्छु। भिड छिचोलेर अलि भित्र पुग्छु अनि देख्छु आफ्नै साथी टुइटरबाट परिचीत आफ्नै प्यारी साथी,म अघाडी पुग्नेबित्तिकै उहाँले चिन्नुभो रिसैरिसमा भएपनी फिस्स हाँस्नुभो,मैले नि त्यस्तै भाव प्रकट गरें,कुरो बुझ्न चाहेँ।उहाँले सबैकुरो रिसमै भएपनी पिल्पिल आँसु झार्दै सुनाउनुहँदैथ्यो।एक महिलाले मलाइ प्रहरी कड्किंदै प्रश्न गरिन;- कोहो तपाईं? उहाँको के पर्ने? मैले भने साथी।
प्र: कस्तो साथी?
म: मिल्ने साथी।
प्र :कस्तो मिल्ने साथी?
म :अब कस्तो भन्ने ?तपाईं र तपाइको छेउमा उभिएकी तपाइकी साथी जस्तै।
प्र: तपाईं केटा उ केटि कसरी भो म र मेरो साथिजस्तो?
म: जसरी तपाइले सोच्नुभो त्यसरिनै,
प्र:तपाइको यहाँ डिफेन्स गर्ने अधिकार छैन हामिलाइ डिस्ट्रब नगर्नुस।
म केही भन्नै लागेको थिएँ एक्कासी दुबै महिला प्रहरी भुँइमा लढेको देखेँ, मेरो साथीलाई म संग प्रहरिले बहस गरेको चित्त बुझेनछ उहाँले एकै झड्कामा दुबै प्रहरिलाइ भुँँइमा पछार्दिनुभो।😁
तत्काल एक पुरुस प्रहरी छेवैमा आएर भन्यो :-ह साब गाडी बोलाउनुस यो केटि गरिलाग्ने छैन लैजाउँ चौकी।
मैले भने : भिक्टिम महिला हुनुहुन्छ सेल्फ सेफ्टिको लागि पुरुससंग झगडा गर्नुभो हिंसा गर्ने पुरुसलाइ लानुस न उहाँलाइ किन लाने?
प्र:(घाँटिको निलो डाम देखाउँदै भन्छ,) घटनास्थलमा सबैभन्दा पहिले आइपुगेको मान्छे म हो यो केटिले मैले पहिले जे हुनु थ्यो भयो मिल्नुस भनेर सम्झाउँदा मलाइ नै हातपात गरि प्रमाण यहि छ हेर्नुस।
म साथितिर हेरिमात्रै रहे उहाँले फेरि मुखै छाडेर भन्नुभो यो जाँ** पुलिसले उल्टै मलाइ माफ माग्न लाउँदैथ्यो म किन माफ माग्ने? म दुव्र्यवहार मा परेको छु उल्टै मलाइ माफ माग्न लाउने यो मु** को हो मेरो? तपाइलाइ पनि मैलेनै गल्ती गरेझै लाग्छ भने तपाइनी साथ नदिनुस युबराज जि म एकलै लढ्छु यस्ता मुँ**हरुसंग। अनि मैले भए नो वरि साथी "I'm always there for you" उहाँले खुसिका आँसु बरर झार्दै है को भाव मात्रै दर्साउनुभो।त्यहाँ देख्नेहरु हेर्नेहरु कुरा काट्दैथे,ज्याद्री केटि रैछ पहिले २टा केटा एउटा पुलिस पछि 2जना महिला प्रहरी केहिबेरमै प्रहरिको गाडी आयो एकजना भलाद्मी अफिसरले मलाइ आएर भन्नुभो तपाइको साथिलाइ हामी दुव्र्यवहार मा परेको भिक्टिमलाइ अझ दु:ख दिन प्रहरी कार्यलय लग्दैछैनौ बरु उहाँले हाम्रो अफिसरहरुमाथी दुव्र्यवहार गर्नुभो त्यसैकालागी लग्दैछौं मैले भने म एक मिनेट कुरा गर्न पाउँछु अफिसर? अफिसरले हुन्छ बरु छिटोछिटो कुरा सक्नुस अनि बरु उतै भेट्न आउनुहोला।प्रहरिको गाडी ठिक्क थ्यो ती २जना व्वासाहरु खै कता बिलाए त्यहाँ देखिएन बरु मेरि साथिलाइ चै प्रहरिले गाडिमा हाल्ने तरखर गर्दैथ्यो।म छेवैमा गएर भने चिन्ता नगर्नुस म आउँछु तपाइलाइ भेट्न उहाँले गम्लङग अङंगालो मारेर भन्नू भो छिटै है।मैले भने sure..
Comments
Post a Comment