Dear petia "1"
जाडो बढेसङै केन्या साथिले बनाएको उ जस्तै कालो कफि र लफ्ट्को चुस्की लिँदै बेस्मेन्ट इन्टरगेट्को ब्यारियरको छेवैमा उभिएको छु रातको 10 बजेको छ लग्भग, लुक्मान पछाडिको गेटतिर लागिसकेको छ उसले बनाएको चिया पनि बिस्तारै मेरो मुखबाट पछाडी धकेलिने बाटो रोज्दैछ,,रात लग्भग सुनसान हुने समय भैसक्यो तर सिटिसेन्टररोड ब्यस्त छ नजिकैको ट्राफिकलाइट लालिगुरास झैं फुल्छ,अनि फुल्छन सवारी साधनका पछाडिका लालिगुँसास झै राता लाइटहरु,, सडक रातो देखिन्छ,झ्याप एक लाइन रोकेर अर्को लाइन सललल बगिरहेको खोला झै बगिरहेका गाडिहरु गाडिमा घर फर्किन र अफिस धाउन हत्तारिएका मान्छेहरु हाय बिज्ञानको लिला,,,,।
अन्तिम सर्को तानेर फ्याक्ने सुरमा छु लफ्ट्को ठुटो।देब्रेकान मा नारिआवाज त्यो पनि युरोपियन लवच, "hey" फिस्स हाँसेकी एउटि लग्भग जोख्ने हो भने 90केजिकी नारी म अगाडि उभिएकि छे। मन्द मुस्कानसहित म पनि वेब गरिदिन्छु, बिल्डिङ भित्र एउटा बिरालो देखिन्छ टाटेपाङ्रे हेर्दा राम्रो छ अलि टाडाबाट हेर्ने हो भने ठ्याक्कै खरायो जस्तै देखिने, बिरालोतिर इसारा गर्दै सिधै सोध्छे. can i take the picture please. फिस्स हास्दै सहमती जनाइदिन्छु, उ खुसी मुद्रामा फोटो खिच्न तिर लाग्छे, फोटो खिचिसकेर भन्छे " i think you are new here am i right?"
म- "हजुर आज रातिको लागि"
उ-"oh welcome"
फिस्स हाँस्दै भन्छे,,
यसको 2वटा बच्चा छन भित्र म 5औ तलामा बस्छु, हात अघि बढाउदै भन्छे "इट्स्मी पेटिया "।
हात मिलाउँदै भनिदिन्छु "हाइ पेटिया नाइस्टुमिट यु,,".
उ कम कि छैन भनिहाल्छे हाइ हेन्डसम नाइस्टुमिट्युटु यति भए अब बोल्नलाइ बाटो खुल्यो, उ आफै बोल्न थाली प्रश्न तेर्सायाउँदै गइ म उत्तर दिँदै गएँ उसले गर्नुपर्नेजस्ता लागेका सबै प्रश्न हरु सकिएजस्तै लागेपछी,मैले गर्ने सम्भाबित प्रश्न को उत्तर पनि आफैं दिइहालि म स्थानिय टेलिफोन अफिसमा मार्केटिङको काम गर्छु,, म मैले गर्नुपने प्रश्नको उत्तर आफै पाएर दंग छु, प्याकेट बाट सिग्रेट निकाल्छु फिस्स हाँस्दै सोध्छु औपचारिकताकै लागिपनी सोध्नैपर्यो!
"सिग्रेट तान्छौ?" उसले "सहज उत्तर दिई हजुर छ मसंग गोजिबाट आफ्नै बटटा निकाली" र सल्काउन अघि बढी,, क्षति फ्ल्याङ्की केटि रहिछे "पेटिया" धुवाको मुस्लो नाकबाट फुसुसु निकाल्दै उसलेनै सोधी कति पिस तान्छौ दिनमा? मैले भने त्यही 3/4पिस,उ हसिलो अनुहार लगाएर भन्छे भगवान "मात्रै?" "म त हेरन एउटा बटटाले पनि पुग्दैन" मैले पनि आश्चर्य नमानी भनिदिए पहिला म नि तान्थेँ अज्कल अलिक घटाएको" "ओहो राम्रो कुरा मपनी ट्राइ त गर्छु तर सक्दिन खै के बानी लाग्यो लाग्यो बास्तमा भन्नुपर्दा यो तान्ने चिज चै हैन"
फिस्स हाँस्छे उ,,, बास्तमा युरोपियन हरुको लाइफ्टाइल नै कुल लाग्छ मलाइ उनिहरु जति आफुलाइ चाहिन्छ त्यति बोल्न आइतबार कुर्दैनन र जति बोल्नुपर्ने छ त्योभन्दा बढी बोल्दापनी बोल्दैनन,र जे आफुले गर्न मन लागेको छ गर्छन जुन काम गर्नु छ त्यो गरेरै छोड्छ्न हिच्किचाउँदैनन कोहिसंग पेटिया मिलि म संग तेस्तै स्वभाव कि, पेटिया मैले बोलाएँ- "पेटि" यु जस्ट कल मि पेटि आइथिङ इट्स्बेटर फो यु टु प्रनाउन्स" फेरि फिस्स हाँस्छे उ अर्को सको सल्किसकेको छ सिग्रेट को अब दुबैजना एउटै बटटाको सल्काउने भैसकेका छौं। गफ गर्दै बस्दा 2घन्टामै हामी यसरी चिनजान भैसक्यौं अनि कुराहरु यसरी बड्दैछन कि मानौ हामी 2घन्टा अघि हैन बर्सौंदेखी परिचित छौं। आइफोनको टोन उसको पेन्ट्को देब्रे गोजिमा बर्बराउँछ, निकाल्छे फोन रिसिभ गर्छ पुरुस आवाज सिधै बोल्छ "हे पेटि जेम्स गिभस फकिङअल्कोहल पार्टि मिड्नाइट इन ,,,,,,,होटल। वन्ट्यु जोइन इट? इफ यु वन्ट आइविल पिक्यु। डिसाइट इट एन्ड लेट्मी नो" यताबाट "पेटि"ले केही बोल्न नपाइ उताबाट फोन काटियो हे अचम्मको जात! म हेरेको हेरेइ भएँ।
Comments
Post a Comment