ब्यक्ति हैन प्रवृत्ति खोजौं।
मलाइ लाग्छ यदि मन नाप्ने यन्त्रको बिकास भैसकेको कतै छ भने नेपाली साह्रै कमलो मन भएका मानिसहरुमा पर्छौं होला,हामिलाइ खुसी हुन ठूलो कुरा नै चाहिन्न र दुखी हुन पनि कुनै पहाड खस्नु पर्दैन! बस चाहियो त केही मन छुने कुरा, भर्खरै नेपाल विद्युत प्राधिकरण ले आफ्नो कार्यकाल पूरा गरेको अबसरमा सम्माननिय कार्यकारी निर्देशक कुलमान घिसिङ लाई बिदाइ गर्यो, नराम्रो सबैलाइ लाग्यो,किनकी उनले काम गरेर सबैको मन जिते दसौं बर्स देखि निरन्तर आफ्ना कर्मचारी पाल्न पनि आँसु चुहाउँदै गरेको संस्थालाई 4बर्समै नाफामा ल्याउनु सानो तिनो चुनौतिकोकाम हैन र एक कुसल ब्यबस्थापक नभइ हुने काम पनि हैन, उनले जे गरे सच्चा मन ले गरे देशको लागि भनेर गरे सोचेर गरे। र सबैको मन जिते यसको मत्लब उहाँलेनै काम गरिरहन पर्छ भन्ने कुरा चाहिँ मलाइ चाहिँ ब्यक्तिगत रुपमा राम्रो लागेन हुन त हामी जुन गोरु पुछर निमोठ्दा हिड्छ त्यसैलाइ बढी काम लाउनेमा पर्छौं र यो हाम्रो नराम्रो लत पनि हो, उहाँले काम गर्नुभो बाटो देखाइदिनु भो अब आउनेले त्यही बाटो अबलम्बन गर्नैपर्छ भनेर भनौं न, खबरदारी गरौं र गलत बाटोमा जान लागे भने हो त्यतिबेला खबरदारी गरौं न के थाहा नयाँ हाकिमसाब ले म कुलमान को रेकर्ड तोडेर देखाउँछु भन्ने कसम आफैभित्र आफ्नै मन लाई सांचि राखी खानुभएको पो छ कि?देश कोरोनाको कहर मा छ र्याली जुलुस गरेर झन असर हामी बसेकै समाजलाइ पो हामी आफैले पो गरिरहेका छैनौं? छातिमा हात राखेर सोचौं त अहिलेसम्म आन्दोलन गरेर बिरोध र्याली जुलुस गरेर हामिले के पायौ? त्यही प्रहरिको टियर ग्यास पानीको फोहोरा २/४लात २/४डन्ठा अरु धेरै पाएको भए २/४जना प्रहरिलाइ नेताको रिस मर्नेगरी न्वारान देखिको बल लगाएर फालेको ढुङोले लागेर टाउको फुटेको देख्दा अलिकती मन सान्त भयो होला अरु के? आन्दोलन गरेर अहिले सम्म के के नापिए त आत्मासमिक्षा गरिहेरौं त!
समर्थन को नाम मा हामिले हाम्रै स्वास्थ्यमाथी खेलबाड गरिरहेका त छैनौं?
आन्दोलन निर्मलाले न्याय पाइन?
आन्दोलन गरेर चुच्चो नक्सा भएको हाम्रो देशबाट इन्डियन सेना पोका पन्तरा लिएर गए?
अब तेत्रो महिनादिन अघि बाट संजाल मिडिया तातिरहँदा कानमा तेल हालेर बसेको मन्त्रीपरिसद ले अब बिदाइ गरिसकेका कुलमानलाइ फेरि त्यही पदमा ल्याउला त?मलाइ त मरिजाउँ लाग्दैन! निणयहरु कार्यनयन हुनलाइ माइतिघरमा २/४सयजना भेला भएर नहुने रैछ भन्ने त हरेक आन्दोलन पछिका मन्तृपरिसदका निणय हरुले देखाइ रहेका छन नि हैन र?
बरु सरकारले जनचाहना बुझ्न चाहान्छ भने अझ बढी जिम्मेवार पदमा राख्न सक्नुपर्छ र अब आउने जुनैपनी हाकिमसाब हरुले अब मैले कुलमान बन्न नसके पनि कुलम्यान चाहिँ बन्न्नुपर्छ भन्ने सच्चा मन लिएर आउनुपर्छ। र काम गरेर देखाउनुपर्छ।एक जनाले मात्रै ईमानदार भएर आफ्नो कर्तव्य मा लाग्ने हो भने नहुने केही रहेनछ भन्ने कुलमान बाट हाकिमसाब हरुले मात्रै हैन मान्य ज्यु तान्य ज्युहरु हान्यज्यु हरु र तपाईं अनि मैले पनि सिक्नुपर्छ।
Comments
Post a Comment