परदेशिका दुख!

नामै पर- देश  दुखै जाबो कत्ती कत्ती
मन दुखाइ त हुन्छ जब हुन्छ कुरा नानाभाँती,!!

 जब हुन्छ नसोचेको कुरा
 बिगृन्छ काम अनि पाइन्न दाम
लाग्छ यस्तो  जीवन हुनुभन्दा नभएकै जाति!!

दु:ख तेतिबेला लाग्छ
 जतिबेला आफू अस्वस्थ भैन्छ!
तैपनी काम मा जानुपर्ने हुन्छ र गैन्छ पनि!
अरु त अरु छोडौं घर सम्झेर धुरुक्कै रोइन्छ अनि!!

 नामै परदेश दुखै जाबो कत्ती ~कति
दु:ख त तेतिबेला पनि लाग्छ 
जतिबेला काम गरिन्छ महिनैभरी 
अनि पैसो आउँदैन जति आउनुपर्ने थ्यो त्यति!!

परदेश न हो दुखै जाबो कत्ती~ कति
दुख तेतिबेला पनिलाग्छ जतिबेला 
"आफू ताकिन्छ मुडो बन्चरो ताक्छ घुँडो"
 जब बिगृन्छ क्लाइन्ट को मति!!

पर देश न हो दु:खै जाबो कत्ती कत्ती
दुख त्यतिबेला पनि लाग्छ  जतिबेला 
सक्नेजती फारु गरेर खर्च गरि 
अलिकती बचाएर घर पठायो घरकैले भन्छन 
"खोइ त पठाइनस त अस्तिको जति!!"

पर देश न हो दुखै जाबो कत्ती कति?
सकेसम्म दुख गर्यो अनि 
एकदिन छुटी हुँदा मीठो मसिनोसँग 
अलिकती रस मिसाएको फोटो संजाल मा हाल्यो 
आउँछ कमेन्ट आफन्तैबाट
 "अहं, ठिक लागेन है तेरो मति"

परदेश न हो दु:खै जाबो कत्ती-कति
मोटायो हैट फुट्न लागिछस 
लुते भयो केसारोपैसाको लोब गरेको खा न अलि,
 दु:ख त तेतिबेला पनि लाग्छ 
जतिबेला आफ्नै पुराना साथी भेटियो भने 
फिस्स हाँस्दै भन्छ्न 
"हैट कत्ती मरिहत्ते गरेको पैसा थोडी लानेहो मरेर जाँदा पुग्नेजती?

(नोट:यो कुन साहित्यमा  पर्छ मलाइ थाहा भएन छुट्याउनेकाम पाठकबृन्द लाइ😊🙏)

Comments