मैले बिदेशमा जे देखें जस्ताको तेस्तै!
भनिन्छ "हामी वीर गोर्खालिका सन्तान कसैसँग झुक्दैनौं" तर यो शब्द सुन्दा अज्कल मलाइ "भुत्रो" भनिदिन मन लाग्छ। किनकी यो शब्द मात्रै हामी नेपाली नेपाली भएको ठाउँमा मात्रै काम लाग्ने शब्द भयो अज्कल कारण बिबिध छन जसमध्ये एक हो हाम्रो निम्छरो सरकार निम्छरो देश निम्छरो अर्थतन्त्र यी बिबिध कारण छ आज हाम्रो अर्थतन्त्रले हामि सबल हुन्थ्यौं भने आज बिदेशमा कसैले कोहि बिदेशिसंग निम्छरो भएर हिंड्नुपर्ने थिएन र भन्थ्यौं होला पनि "हामी झुकदै नझुकने नेपालिका सन्तान !" तर अज्कल जताततै देशमा भन्दापनी बिदेशमा काम गर्ने नेपाली नेपाली मात्रै हुँदा यो वर्ड युज हुने गरेको देख्छु म झुक्दै नझुकने म अनि तेस्ता भन्नेहरुलाइ मुखभरिको जबाफ दिन मन लाग्छ "नापिस" तर त्यति भनिदिने हो भने फेरि आगोमा घिउ नै भैहाल्छ त्यसैले चुपै बस्छु किनकी मलाइ मज्जाले थाहा छ हाम्रो बास्तबिकता र यो पनि थाहा छ कि त्यस्ता सब्दहरु प्रयोग गर्ने भनेको त्यही नसामा भएको बेला र ठूलो कुरा गर्ने भनेको नेपालिहरु संगै मात्र हो,त्योपनी उहीँ रक्सिको ताल मा अरुबेला त हामी नेपाली जति सोझा इमान्दार र हर कुरा बुझिदिने अरुदेशका सायदै होलान ! तर नेपाली नेपाली डिस्कस भयो भने कुरा यति ठुलोठुलो गर्छन कि मानौं तिनिहरु भन्दा ठूलो अर्को कोहि जन्मेकै छैन ! केही उदाहरण हरु पनि हेरौं -
उदाहरण १
साल 2016लेबरसिटी क्याम्प
दसैको बेलाथियो सुक्रबार को दिन क्याम्प मा २/४जना दाजुभाइहरुले यसो रम्झम गरौ न त भनेर मीठो मसिनो बनाएर खाउँ न त भनेर प्लान बनाएछन आ चाड हो उनिहरुको रमाइलो गरून् भन्ने सोचेर क्याम्बोस ले पनि वास्ता गरेनछन मेरो त ड्युटी थ्यो ड्युटिबाट आएँ रुम मा आउँदा पुरै रम्झम छ ओहो !अनि केहिबेर पछि सुरुभो बिरहरुको राम कहानी एउटा भन्छ म यहाँको डन अर्को भन्छ मैले त यस्लाइ यस्तो गरेको अर्को झन के कम अब रुम मा सबै डन नै डन को माहोल ओहो ! कोहि भन्दा कोहि कम छैन आफू त निम्छरो हेरियो बसियो, त्यसै मध्यमा एक डन लाई फेरि उहिलेकहिलेको फेरि एउटा रिसिबिको रिण चुक्ता गर्नुपर्ने रहेछ कुरा निकाल्यो जोस्सिइ हाले सबै डन हरु अनि निस्के ती छुच्चा मुखवाला रिणिलाइ भेट्न,मातेर फिट्टु भएका छ्न कोहि कसैको कुरा सुन्नेवाला छैन गए ती अर्का निम्छरोका रुम मा बाहिर निस्की भन्दै हल्ला गर्न लागे,, ती मान्छेपनी बाहिर निस्के र सम्झाउन थाले हेर्नुस तपाइहरु मातेको हुनुहुन्छ भोलि फ्रेस मुडमा गफ गरौला यतिमात्रै भनेका के थिए अर्को पुरानो रिसिबिइ वालाले ती फ्रेस मान्छेलाइ गालामा चड्काइहाल्यो, हत्त न पत्त ती फ्रेस दाइले पनि सबैलाइ धकेल्दै बाहिर निस्के र सेक्युरिटी रुम तिर लागे" सेक्युरिटी दाइले हत्त न पत्त ती बेसाहारालाइ आफ्नो रुम भित्र हालेर दैलो लगाए,र केहि कुरा सम्झाइ बुझाइ गर्न लागे तर बेउडालोक किन मान्थे उनितिरै खनिए तँ कोहोस बढी नबोल तलाइपनी फेरि हान्नु नपरोस **जि एउटाले मुख छोडिहाल्यो नेपाली न जो थिए। त्यस्पछी सेक्युरिटी दाइ पढेलेखेका यस्ता लठुवासंग किन बिबाद गर्नु भन्ने लागेछ क्यार एकैछिन पख्नुस है भनेर भित्र छिरेका थिए क्याम्बोस लाई फोन गरेछन क्याम्बोस दौडेर आयो सेक्युरिटिलाइ सोध्यो कोन कोन है हातको इसाराले दाइले तिनिहरुलाइ देखाइदिए के भएको भन्ने शब्द पनि नसोधी क्याम्बोस ले ४रै जनालाइ "सिधा होजाओ"भन्यो सबै सतर्क भए पुक्कै कोहि बोलेनन मिलाइ मिलाइ २/२चड्कन मज्जाले नै लगाइदियो सबैलाइ कोहि मरिजाउँ बोलेनन एक्छीन सम्झायो सबैले जि जि गरिरहे त्यस्पछी रुम जाओ बाहर देख्ना मन उर्दि लायो क्याम्बोस ले जि भनेर खुरुखुरु आ आफ्नै रुम मा गए सबै !कसैले हाम्लोक डर्तेनही, किसिसे जो उखाडना है उखाड्लो भनेन ! त्यही ठाउँमा नेपाली भएको भए महाभारत हुन्थ्यो बिदेशी भएर कोहि बोलेनन सुन्दा नमिठो लाग्ला तर रियालिटी यहि हो।भरे कुरो बुझ्दा ती पिडित भनिएका मान्छेसँग त्यो पिडक को काम गर्ने क्रम मा डिस्कस परेको रैछ।
उदाहरण २
सेप्टेम्बर २०१८ अल्खोर क्याम्प
साथिसाथी मिलेर फुट्बल खेल्ने क्रम मा एक अर्कालाइ छिर्के लाएर लढाएको र त्यसै बिसयलाइ राती रुम मा आएर डिस्कस गर्ने क्रम मा अर्का बुद्धिमान भनिएका एक दाइ रुम मै पिटिए !पिटिनुको मुख्य कारण थियो, सल्लाह तिनी पनि नेपाली तिमिहरुपनी नेपाली सानोतिनो कुरा सहनुपर्छ भन्ने धारणा ती सम्झाइबुझाइ गर्ने दाइको थियो कुरो ठिकै पनि हो रिसाएका पक्षले त्यो कुरोलाई अतिरन्जित गरि झन ठूलो इस्यु बनाए, लास्टमा आएर फाइदा कसैलाइ भएन रुम मा होहल्ला गरि झगडा गरेको भनी लंके क्याम्बोस ले हकार्नुसम्म हकार्यो र उहिअनुसार को तिपोर्ट अफिस मा पेस गरिदियो पछि ती दुबै जनाको 50/50गरि महिनैपिच्छे ३महिना सम्म काटेपछी पछि त्यही लंंंंंंंंकेलाइ सरि भनी माफी मागेपछी कम्पनी ले पैसा काट्न छोड्यो !
उदाहरण ४
जुन 2019फोर्ड सर्भिस सेन्टर
अह्राएको काम नटेरेको भन्दै एक सुपरभाइजर ले आफ्ना तल्लो निकायका कर्मचारीलाई गालि गर्दैथिए ती "कर्मचारिपनी जँगिए तँ को होस र **जि "घर त जानुपर्ला नि यत्ती सब्दले हानाहान नै भयो ब्लड नै निस्कियो मै थिएँ ड्युटिमा सम्झाएँ बुझाएँ सुपर्बाइजर एक्छिन पक्डेरै राख्नुपनी पर्यो इथिती सामान्य बनाएँ केहिबेर पछि त्यहिको मेनेजर ले मलाइ जबाफ माग्यो जेजे भएको थ्यो त्यो मैले फलाफल भन्दिएँं दुबैलाइ अफिस भित्र बोलाएर ३०minutes सम्झायो आधाघन्टामा दुबै घोसेमुन्टो लाएर बसे कोहि पुक्कै बोलेनन ! पहिला नेपाली नेपाली झगडा गर्दा जस्तो कोहि संग डराउँदिन कसैले भनेन इजिप्सियन मेनेजर को सामु कसैले आइ डोन्ट फेयर टु एनिवन!कज आम नेपाली भनेर भन्ने आँट देखाएनन अनि भाइभाइ मा चाहिँ सां,डे बन्नौ के का लागि मेरि चित्त यहि कुरामा बुझ्दैन !अब त्यहि कुरो त्यही सिच्व्सन मा नेपाली मेनेजर हुन्त्यो भने त्यहाँ रडाको पक्का हुन्थ्यो !आखिरी हेपिनुपर्यो कस्ले?
उदाहरण ४
अगस्ट 2020सनैया47क्याम्प किचन
मेरै सहकर्मी लंका साथी र एकजना नेपाली नै साथि सब्जी पकाउँदै थिए कहिलेकाही कम्पनिको सब्जी नमिठो हुने गरेकाले हामिपनी पकाएर खान्छौँ। र ग्यास कम्पनिकै ड्राइभर्ले रेन्ट मा अरुलाइ दिन्छन र हामिले पनि लिएका छौं। त्यही रेन्ट्को चुलोको बिसयमा हिजैमात्र एकजना दाइ आएर रक्सिको सुरमा जबर्जस्ती चुलो प्रयोग गर्न खोज्दैरैछन म ठिक्क पुगेँ -लंकेले भन्यो सम्झा यार तेरो साथिहरुलाइ अघिदेखी यहाँ डिस्टब गर्दैछन अर्काको ग्यास कसरी दिन सक्छौंं हामी? कुरो ठिकै हो अर्काको सम्पती मा जबर्जस्ती गर्न हुन्न पनि त्यहिपनी सुरक्षानिकायमा काम गर्नेमान्छेलाइ त्यतिकुरा त सिकाउन नपर्नेनै पनि हो। त्यस्पछी मैले भने दाइ यो तरिकाले कहाँ हुन्छ चाबी हामिसँग छ भरे आएर किन दिइस भन्दा कस्ले जबाफ दिने? त्यो भन्दा बरु एकपल्ट सोधेर आउनुस टन्टैसाफ न हामिलाइ तनाब हुन्छ न तपाइलाइ मेरा कुरा सकिन नपाउँदै ती दाइ बोले तिमिहरुलाइ केही टेन्सन हुन्न मेरो साथी हो म पैसा दिउँला भनेर झर्किए मैले भने "पैसाको कुरा हैन दाइ कुरा इज्जत को छ यसरी इलिगल तरिकाले अघि नबढ्नुस एकपल्ट कुरा गर्नुस आखिरी तपाइकै साथी रैछ भन्नुस न त एक पल्ट लिगल हुन्छ नि" त यति भनिसके पछि उनी झन झन्किए भने भाइ तिमिले सिकाउनु पर्दैन ! मैलेपनी भन्दिएँ "पर्दैन भने यस्ता तोरि तर्क किन गर्नुहुन्छ?" उस्ले भन्यो "**जि भो होस भयो" मैले पनि भने भयो भने भयो कुरा सकियो ! त्यही टिमका अर्का साथिले कुरा बुझे ठिकै छ त भनेरै बनाउँला नि भनेर हिडे, त्यस्पछी कुरो सक्कियो म पनि हिडेंं पछि साथिलाइ सोध्दै थ्यो रे को हो त्यो भाइ के गर्छ भनी डिटेल्स लिंदै थ्यो अरे मत्लब आफ्नै देशका मान्छेसँग चाहिँ यति सानो कुरामा पनि इख हुंन्छ ल हेरौं त !
समग्रमा भन्ने हो भने त्यो मान्छे पनि के मान्छे जो आफ्नै आफन्त सँग झगडा गर्छ!" अर्को कुरा घरको घरमे बाघ बनमे बिल्ली कहिं काम लाग्दैन ! सो आफ्न्तै सङ लढेर हैन आफन्तलाइ साथ दिएर अघि बढौं धेरै त जान्दिन तर बिदेश मा हामी अरुदेशको तुलनामा हेपिनुमा हाम्रै कम्जोरिलाइ उनिहरुले हतियार बनाइरहेका छ्न ।हामी नेपाली आफुँलाइ नपरेसम्म रमिते भएर बस्छौं। यहि कुरा मेन कम्जोरी हो। र अरुलाइ पर्दा हेरेर बस्ने सहयोग नगर्ने तर कुराचाही ठुलाठुला मात्रै गर्ने भएर नै होला आज हामी पिछडिएका पनि सहयोग है खुट्टा तान्ने प्रबृती अनि घरभित्र बाघ बाहिर बिल्ली प्रबृतिले कहि पुगिन्न साथिहो मेरो भन्नू यत्ती मात्रै हो कि "आफन्त मा रिस देखाउनु भनेको पराइलाइ फाइदाको खेती मात्रै हो"जति सकिन्छ मेलमिलाप कायम गरौ बाकी त हजुरहरु नै सर्बज्ञानीी🙏
जयनेपाल्🙏
Comments
Post a Comment