किन चाहियो कुलमान?
बास्तबमा भन्नेहो भने कुलमान घिसिङ विद्युत प्राधिकरण को कार्यकारी निर्देसक भएपछिनै बिचौलिया र ब्यपारिका निद हराएकै हो ,अहिले फेरि निर्देशक बन्ने होडमा आएका काफले थरका सरजिले पनि उतिबेला यो संस्था नाफामा गए म कुनै पनि सरकारी पदको लागि आबेदन दिनेछैन भनेर भनेको कत्तिछिटै बिर्सेका होलान? हुन त तेसैपनी आफुँले प्रगती गर्ने भन्दापनी अरुले गरेको प्रगतिमा जल्ने हाम्रो परम्परा नै छ त्यसैले पनि छोएको हुन सक्छ, नछुनु पनि कसरी उतिबेला ३५अर्ब घाटामा रहेको विद्युतप्राधिकरण अहिले रिण उकासेर पनि ११अर्ब नाफा कमाउन सफल भएको छ आठ अर्ब बार्शिक चुहावट रहेको संस्थालाइ अहिले शून्य चुहावट भएको संस्था बनाए,कमिसन तीन अर्ब बार्सिक भएको संस्थालाइ कुलमान आएपछी सुन्य कमिसन बनाइ आठ्सय मेगावाट कुल उत्पादन बाट १४सय मेगावट उतपादन छमता बढाएर जल्नेहरुका मुटु भत्भती पोल्ने बनाइदिए! कुलमान ले अनि अन्धकार मा धिप्धिप बत्ती नै बालेर भएपनी आफ्ना नेताहरुको जयजयकार गर्ने तोरि कार्यकर्ताहरुको पनि त उज्यालोले निन्द्रा हराएको पनि त सत्य हो।, अर्को कुरा लौ न हाम्रो पनि जेनेरेटर आफ्ना कसैलाइ लिन भन्दिनु है हामी त छदैछौं नि भनेर नेताजी भनौदा आफ्नालाइ फोन गर्ने बाटो पनि त ब्यापारिहरुको बन्द भएकै हो, अनि खाली जनताको दु:ख मात्रै हेर्ने सरजीहरुलाइ गन्दै नगन्ने घुस नखाने देशलाइ प्रगतिको मार्गमा मात्रै लान खोज्नेको के काम हाम्रो देशमा?, जनता त उहीँ रुखो जमिन मा एक बर्स अलिक उब्जाउ भयो भने अर्को बर्स अलिबढी अन्न उबजाउने सपना देख्छन तेस्तै हुन कुलमान आजका लागि जनतालाइ।उनिहरु त चाहान्छन चौबिसैघन्टा बत्ती नजाओस बत्ती मात्रै हैन नि अरु शिक्षामा पनि कुलमान स्वास्थ्यमा पनि कुलमान यातायात, पर्यट्न जहितही कुलमान नै कुलमान को जन्म होस तर के सरजिहरुको मन मान्ला र? बिचौलिया ले रात्भरी सुत्न देलान र?तालाचाबी त उतै छ नि हैन र? नत्रभए यत्रो म्याद सकिनु १महिनै अघि जनताले बुरुक बुरुक उफृदै कुलमान एगेन कुलमान एगेन भन्नुपर्ने दिन किन आउँथ्यो?यो त सरासर सरकार प्रतिको अबिस्वास हो त्यो बुझ्न जरुरी छ। आज जो कोहिले पनि सिधै भनिदिन्छ सरकार कहाँ छ? जबाफ कस्ले दिने? मान्छे योग्यनै भएपनी नेताका आफ्ना मान्छे भन्नेबित्तिकै एक खालको डर जनतामा पस्न थालेको छ कि अब फेरि कताकता भ्रष्टाचार हुने हो ।भनिन्छ नि पात हल्लिन लाई हावा चल्नुपर्छ,कुरो सत्य पनि हो हावा नचली पात हल्लिन्न पनि! अहिले सामाजिक संजाल हरुमा टिभिमा रेडियो जहिपनी कुलमान जि कै चर्चा छ र बर्चस्व पनि उहांकै देखिन्छ र हुनुपनी पर्छ!उहालाइ रोज्नुको कारण उहाँको राम्रो कामहरु हुन र अरु हाकिमसाब हरुले पनि बरु यो हाइहाइलाइ चाहिँ आहारिसै गरेर अघि बढेपनी घाटा देख्दिन म चाहिँ।म त भन्छु कुलमान जस्ता निर्देशकको बिधुत प्राधिकरण मा मात्रै हैन राज्यका हरेक निकायमा खाचो छ र सरकारले जनताका भावनालाइ बुझेर अघाडी बढ्नुपर्छ यदि सर्बहाराकै सरकार हो भने हैन बिचौलियाकै सरकार नै हो भनेपनी एक सचेत नागरिक को तर्फबाट आफ्नो बिचार राखेको छु सुने ठिकैछ नसुने यत्रैसिती! भिरमा जाने गाइलाइ राम राम भन्न सकिएला काधैं हाल्न त सकिएन नि!
Comments
Post a Comment