२/४प्रस्न प्रधानमन्तृलाइ!
(१)सबैभन्दा पहिला कारागार को सँख्या र आकार बढाउन निर्देशन दिन कस्ले रोग्यो प्रधानमन्तृलाइ?(कुर्सिमा बसेर चुस्दाचुस्दा अघाएर भुडी फुट्नै लागेकाहरुलाइ कि सावाब्याज सहित भरपाइ गर कि सडिएर मर निति लागु गर्नु जो थ्यो)
(२)भरस्टाचारिको अनुहार नै हेर्दिन भन्ने सोच भएका हाम्रा हजुरबा प्रधानमन्त्रीलाइ भ्रष्टाचार को मुल कारण कर्मचारिको तलब ले घरबार नचलनु पनि हो भन्ने मज्जाले थाहा छ सिकाउनै पर्दैन तलब दोब्ब्बर गराएर फुर्काएर काम लाउन के ले रोक्यो?
(३)सरकार सामन्ती नभई भावनामा डुब्यो भने लेखेर राख्नुस कुनैपनी देश ले प्रगती गर्न सक्दैन छाति ठोकेर मै जस्तो फुच्चेले त भन्न सक्छु भने जेल नेल खेल सबै भोगेका ति हाम्रै गाउँले हजुरबा प्रधानमन्त्री लाइ कसो थाहा नभएको? थाहा भएको भए सुरक्षा निकायका मान्छेलाइ बिना सोर्स्फोर्स काम गर तिमिहरुले भनेको मानेनन भने जे गरेर मनाउँछौ तिमिहरुकै जिममा भनिदिन किन नसकेको??
(५)केहि गर्न चाहाने तर संपती नभएकालाइ २/४करोड छुट्याएर गर्न प्रोत्साहन किन नगरेको? अनि गरेको भए चुस्त दुरुस्त भए नभएको जानकारी लिने दिने निकायले बदमाशी गरे बोक्रा उप्काउनु भन्न किन नसकेको??
(६) प्रहरी लाइ स्मार्ट किन नबनाएको यत्रा देश भ्रमण गरेका मान्छेलाइ अरु त अरु छोडौ कतार मै पनि रास्ट्रपति आइन आउदा जम्मा 6वटा प्रहरिको भ्यान मा 6जना प्रहरी लौ हेरौं त अनि हाम्रो देश मा पनि फजुल खर्चवाला काम छोडेर त्यस्तै स्मार्ट बनाउँ पुलिस लाइ भन्ने सोच किन नआएको? आएको थ्यो भने के ले रोक्यो??
(७)प्रत्येक घर का एक जनालाइ महिनाको ३०हजार मात्र बैक खातामा हालिदिने हो भने दिन को ८घन्टा छोडौ ६घ्नटा मात्र भएपनि काम गर्नैपर्छ भन्यो भने कस्सैले नाइ भनेछ भने म जस्तो स्वयम सरकार लाइ कान चाहिन्छ कि नाक चाहिन्छ जे चाहिन्छ दिन तयार छु, तर त्यती सोच्न हजुरबा ले किन सकेनन?
(८) सुरक्षा निकायलाइ बिना सोर्स्फोर्स काम गर्न दिने हो भने कुनै माइकालाल ले रोड मा हुल्दङा गर्न सक्दैन! यो कुरा ठोकुवा भयो,अब तिमिहरुले कानुन नमान्नेलाइ जे जे गर्छौ गर तिमिहरुलाइ डिस्ट्रब गर्न इन्द्रेको बाउ चन्द्रेले पनि सक्दैन! मात्र भनिदिने हो भने बर्दी लगाएको मान्छे देख्न साथ नमस्ते गर्दै हिड्नेछ्न भनेर त म जस्तो फुच्छे लाइ सम्म थाहा छ प्रधानमन्तृलाइ किन थाहा नभएको??थाहा छ भने गर्न के ले रोक्यो?
(९)प्रत्येक घर मा मिनिमम 30हजार प्रतिमहिना मात्र एक जनालाइ मात्रैपनी सरकारी तलब दिने हो भने दिन को ६ घन्टा खाल्डा पुर्न देखी लिएर नाला सफा गर्न कोहि पछि पर्ने वाला छैनन! ठोकुवा गरेर भन्न सक्छु! र यो काम स्थानिय निकाय र प्रहरी मिलेर गराउनु भन्न र गर्न किन नसकेको प्रधानमन्तृले??
(१०) माथी उल्लेखित सबै प्रस्नहरु को उत्तर मै सँग छ म भन्छु नि कस्ले रोक्यो??
भएका नभएका मुद्दा झिकी उबेला राजालाइ हेपेर पुलिस कुटेर सेनालाइ नटेरेर सिहदरबार कब्जा गरि संसद भवन छिरेका तिनै खुरापाती दल का खुरापाती नेता तिनका आसेपासे पैसा भए सबै हुन्छ भन्ने मनस्थिती भएका ब्यापारी अनि तिनका बेतलबी दस्तासेना! यिनिहरुकै कारण कानुन कम्जोर भयो कानुन कार्यनयन गर्ने निकायले बिनासोर्स्फोर्स काम गर्न पाएनन! फलस्वरुप आज यो गति भयो हाम्रो देशको!
गम्भिर भएर सोचौँ! जय नेपाल्🇳🇵
( यो भन्दा बढी बोल्न चाहान्न बोल्नुपनी कसरी आफ्नै देश मा केहि गर्न नसकेर बिदेस मा पसिना बगाउँदैछु!)
युबराज(खत्री ) अधिकारी
हाल बरुवाअल्वारा कतार
Comments
Post a Comment