खाडिमाथिको मेरो बिचार।
"बिदेसिनु कसैको रहर हैन बाध्यता हो"
त्यहिमाथी "खाडि" छिर्नु त झनै अपराध नै हो जस्तो गर्छन हाम्रो समाजका ठालुहरुले त। उनिहरुको नजरमा खाडी छिर्ने मान्छे भनेको कहि काम नलाग्ने चुस्दाचुस्दा गरेर फालेको फ्रुटिको खोल सरह हो ,कहिल्यै सोचेनन कि त्यही फ्रुटिको खोल पनि रिसाइकल गरि रियुज गर्न मिल्छ भनेर। समाज मा अझैपनी कहाँ के गर्छौ बाबु? भनेर सोध्दा खाडिमा काम गर्छु भनेर भनिदियो भने ,१५पाथी बिउको ब्याड लाग्ने खेतका फाँटाहरु निदारमै बनाएर मुख खुम्च्याउन बेर नलाउने मान्छे भेट्न मुस्किल छैन, कहिलेकाहिं सोसल मिडियामै वरिष्ठ मानिएकै ब्यक्तिहरुको एक्दमै निच खालको व्यबहार देख्न पाइन्छ खाडिको सन्दर्भ मै तर ति बरिस्ठ हरुले सपनामा पनि सोचेका हुदैनन् कि आफुभन्दा कयौं गुणा क्षमतावान ब्यक्तिहरु खाडिमा काम गर्छन भनेर,अर्को कुरा हाम्रो मानसिकता नै यहि छ कि खाडिमा मान्छे कि बाटो बनाउन जान्छ कि कि त घर सफागर्न या त बिल्डिङ कन्सट्रक्सन मा त्यो भन्दा फरक त काम मरिजाउँ सोच्दैनन प्रायगरी ठालुहरुले, कुनै अफिस मा जानुस खाडिको केहि डकुमेन्ट को काम को लागी पहिले त गजक्क परेका हाकिमसाब ले बढेमान को भुडी हल्लाउंदै तल देखी माथिसम्म हेर्छ्न उस्तै परे चिहान खन्न जान लागेको भनेर गलल हांस्न बेर लाउँदैनन। तर तिनलाइ पनि थाहा त मज्जालेनै हुन्छ कि मेरो तलब को केहि हिस्सा तिनै खाडिमा चिहान खन्न गएका मान्छेको पसिनाबाट आउँछ,तर अहँ सोच्दैनन। खाडिमा सबै बाटोघाटो वा बिल्डिङ बनाउनै जान्छन भन्ने सोच हाकिमसाब हरुमा कहिले हट्ला?? अरुको के कुरा गर्नु म आफनै कुरा गर्छु,मै खाडी छिर्दा पास्पोर्ट र आबस्यक काग्जात बोकेर इमिग्रेसन पुग्दा एक हाकिमसाब ले मेरो सिरदेखी पाउसम्म हेरेर अनि लाउरे पाइप बोक्न सकिएला त? भनेर मेरो डकुमेन्ट नै नहेरी प्रस्न गरेको हिजै जस्तो लाग्छ। जब डकुमेन्ट हेरे अनि फेरि अचम्मै पर्दै हैन तिम्रै डकुमेन्ट हो यो रे? लौ हेरौं त मानसिकता। खाडिमा सबै सजिलै काम मा छन भन्ने मेरो तर्क पटक्कै हैन तर जति सोचाइ छ नि खाडिलाइ लिएर हाम्रो समाज मा तेति गएगुज्रेको पनि छैन खाडी,कतिपयले दुख जरुर पाएका छन तर सुख पनि त पाएका छ्न जो नबुझी हामफालेर आउँछन दलाल ले जे भन्यो त्यही कुरामा हो पाडरीमै कुदनेले सुख पाएका छन म भन्दिन तर जो बुझेर आफ्नो काम कर्तव्य मा कन्फिडेन्ट छ उस्ले इज्जत सहितको काम पाएको छ खाडिमा,अज्कल गाउँ घर तिर हेर्ने हो भने अधिकांस पुरुसहरु दुबै कतार साउदिअरब बहराइन जस्ता खाडिमुलुक मा काम गरिरहेका पाइन्छन,घरका छानाहरु टलक्क टल्केका छ्न छोराछोरी अँग्रेजी स्कुल मा पढेका छन , महिना मरेपछी जसोतसो जे जति हुन्छ घर खर्छ पठाएकै छन,दुखै गरेर भएपनी भरस्टाचार नगर्ने हो भने सरकारी कर्मचारिको तलबभत्ता भन्दा बढिनै कमाएर पठाउँछन त्यसैले देसको रेमिट्यान्स मा टेवा पनि पुगेकै छ,सबैकोहक मा यो लागु नहुन सक्ला तर आजको हाम्रो रियालिटि त त्यही होनि हैन र??सुन्दा अलि तितो लाग्ला तर सत्य कुरा यहि हो नि हैन र? देसमा सरकार ले आफ्ना नागरिक लाइ स्वरोजगार बनाउन सकेको भए अर्काको देस मा काम गर्न कस्लाइ पो रहर लाग्ला र? मजदुर मजदुर नै हो चाहे त्यो खाडी छिरोस या कोरिया अर्काकै काम गर्ने हो तर हाम्रो सोचाइ कस्तो छ भने खाडिमा भएको जत्तिसुकै विद्वान हो उ भेडा हो । सोसियल मिडियामा पनो अज्कल त होनहार ठानिएका नेताहरुकै मुखाले जबाफ आउंछ "बिदेस मा बसेर ट्यारट्यार गर्ने हैन "कठै! जहाँ भएपनी आफ्नो देस को नागरिक हो भन्ने सोच्नु त कता हो कता, "माइतिघर केहो बिहे भैसकेकी चेलिलाई सोध अनि बिदेसिएका नगरिक देस का लागी बिहे भएकी चेली जस्तै हुन फरक यति मात्र हो चेलिले आफनै संसार बासाउछिन माइत फर्केर आउंदिनन बिदेसिइएका हरु फर्केर आउंछन चाहे त्यो रातो बाकस मै किन नहोस " यो कुरा ति मुखाले नेतालाइ कस्ले सम्झाइदिने? त्यहिमाथी उनिहरुका बानर सेना राम राम मुख मा आएको जति बोल्न भ्याइहाल्छन अझ खाडिमा छ भन्ने सुइको पाएभने त कम्मर देखी माथिको कुरा गरे त मर्नु! जहाँ भएपनी चित्त नबुझेको कुरा त लेख्न बोल्न पाइन्छ नि हैन र? अनि खाडी आउने जति सबैलाइ भेंडैको शँज्ञा दिनु कतिको उचित होला? अनि तपाइहामी सर्बसाधारणको ब्यबहार पनि उस्तै छ, एउटा कोरिया जाने होस अर्को खाडी कोरिया जानेलाइ खादा ओडाउनेको लर्को बिमानस्थल बाहिर तपाइहरुले नै पनि देख्नुभएकै होला,तर खाडी छिर्नेको आइहाले भने घरका केहि सदस्य आउँछन एक्छिन रुवाइधुवाइ गर्छन तर खादासादा को तर्जुमा हुँदैन !आखिर त्यो 2जनामा फरक के भन्दा हाम्रो सोच, कोरिया ठुलो देस धेरै पैसा अनि खाडी सानो मरुभुमी,फरक यहि हैन त? यो सबै सोच परिवर्तन गर्न हाम्रो देसका ठुलाठालुभनौदालाइ एकपल्ट खाडीको खाडिको बिकास ले लोभ्याउन जरुरी छ खाडिको मान्छेले श्रमिकलाइ गर्ने ब्यबहार ले लोभ्याउन जरुरी छ,खाडिमा दुख गर्ने आफ्ना देस का नागरिक को पसिना आफ्नै देस मा पोखन पाए भन्ने सोच ल्याउन जरुरी छ,प्रसासन देखी लिएर हरेक काम खाडिबाट सिक्न जरुरी छ। र यि सबैभन्दा पहिला खाडिमा सबै चिहान खन्नैमात्र जान्छन भन्ने मानसिकता जरैदेखी झिक्न जरुरी छ।
फेरि पनि भन्छु "बिदेसिनु रहर हैन बाध्यता हो"
धन्यबाद!
Comments
Post a Comment