कतार को सम्झनामा!
चिसो कंचन हावा नभएर के भो?
धर्ती उहि छ नि ।।
निलो सफा नभएर केभो?
आखिर आकास उहि छ नि।।
यो जमिन यो आकास त्यो हावा सबै देख्न मा फरक भएर के भो?
बर्सात मा पानी पर्दा आउने माटोको सुगन्ध उहि छ नि!!
दौरासुरुवाल ढाका टोपि चौबन्दी चोली नभएर के भो?
थोब,र हिजाब उहि छ नि।।
भलै नसुनिएला झ्याउरे र मारुनी
बेलि र चमेली उहि छ नि।।
भेट्दा नमस्ते नभनेर के भो ?
सलामवालेकुम उहि छ नि!!
आकास धर्ती फरक भएर के भो
माटोको सुगन्ध उहि छ नि।।
भलै नसुनिएला बिहानी मा चिरबिर चराको आवाज
त्यो कुर्ले ढुकुर अनि भँगेरी उहि छ नि!!
नफुलेर के भो त्यो ऐसेलुको बोट
अँगेरि काँडा उहि छ नि।।
Comments
Post a Comment