ह्रस्वदिर्घ नमिलेको त्यो प्रेम!१

हतारहतार गर्दै काम मा जाने तर्खर मा थिएँ,कपडा लगाइसकेर सोल्डरब्याज लगाउनै लाग्दा मेलबक्स मा एउटा रातो नोटिफिकेसन देखियो,तुरन्त खोलिहालेँ हेरे मेल खोले हेरेँ मेल खासै लामो थिएन,लेखेको थियो "माइ डियर हिरो मिस्स यु लट, होप टु यु आर फाइन दियर एन्ड लेट्यु नो द्याट आइम इन क्रोएसिया राइट्नाउँ कज वि आर अराइभिड हियर लास्ट विक फ्रम देयर एट लास्ट मिस यु एन्ड लभ्यु सो मच एन्ड इट्स माइ लोकल नम्बर इफ यु वान्न अ मिस मि यु क्यान कन्ट्याक इनदिस नम्बर."...... 
#Your croatia qeen.
हाय रब्बा.. खुसिको सिमा रहेन बुरुक्क उफ्रौंकी नाचौं कि हासौंकी खै के के गरौं सबै खाले इमोसन एकैपल्ट आयो दिमागले केहि सोच्न सकेन, हतार हत्तार लेखेँ-
" My qeen im soo happy to seen your email.& miss you too &love you always.im verygood here.i got your number its big happyness to me.im soo happy.& i"ll contact to you after sometimes. 
#your nepalese hero.
यति गरिसक्दा ड्युटिका लागी गाडी छुट्ने बेला लग्भग भैसकेको रहेछ घडी हेरे साँझको साढेआठ बजाइसकेछ घडिले हत्तपत्त जुत्ता पुछेर लगाएँ । तल ओर्लिएँ गाडिले मलाइ नै पर्खिरहेको थियो हत्तार हत्तार चढें,ड्राइभर ले कर्के नजर लाएर एकफेर मलाइ हेर्यो तर केहि बोलेन मै बोलें गाइज सरि फर लेट, 3/4जन सबैले हत्तारहत्तार मै जबाफ फर्काए इट्स ओके,तर ड्राइभर बोलेन,गाडी स्ट्राट गर्यो उ उसकै धुन मा लाग्यो,गेटमा तैनाथ हाम्रै सहकर्मी साथिले गाडी निस्किन अनुमती दियो ड्राइभर ले पालना गर्यो अनि सिधानजर लाएर उ उसकै धन्दामा लाग्यो म आफनै धन्दामा..
 मोबाइल निकालेर उस्ले अघि दिएको नम्बर सेभ गरेँ (नाम स्विटी-नाम परिवर्तन )वाट्सप देखाइहाल्यो ,वाह !झन काइदा ल हेर्नुस त उपरवाला देता है तो छप्पर फार्के देतें हैं एक युपिवाला साथिले भनेको पनि झल्यास्सै मन मा आयो मुसुक्क मुस्काएँ तत्काल वाट्सपको घन्टी पनि बजिहाल्यो,हेर्न ढिलै गरिनँ।मन मा पुर्ण बिस्वास थियो म्यासेज उसैको हुनु पर्छ,नभन्दै त्यस्तै भयो म्यासेज उसैको थियो, "मेरो हिरो के छ ?" (भासा परिवर्तन) म अलिक भावना मा बहकिहालेछु क्यार लेखेँ " के भनौँ स्विटी जिन्दगी देस्पासिटो गित जस्तै भएको छ अज्कल सुनिरहुँ लाग्ने तर केहि बुझन सक्या भए मर्नु" तत्काल फोन गरेँ रिङ गयो  तर उस्ले काटी तत्काल टाइपिङ सुरु गरिहाली केहिबेर मा म्यासेज आयो "सरि हिरो हज्बेन्ड साथ मै हुनुहुन्छ" केहिबेर को औपचारिक कुरा पछि थाहा भयो उनिहरु कोरोना भाइरस को डर को कारण कतार छोडेर मातृभुमी गएका रहेछन पछिल्लो हप्ता,अब सायद साम्य भएपछी फर्किने कुरा पनि उस्ले टेक्स्ट मार्फत जानकारी गराइ, त्यस्पछी उस्ले लागेको थियो तिमिले इमेल हेर्दैनौ,तर हेरेछौ भेट भयो खुसी लाग्यो भनेर उ छुटिने मोड मा पुगि तर मैले संंवाद लम्ब्याउँदै लेखें "स्विटी तिम्रो भोइस सुन्न मन छ" प्लिज कल गर न उस्ले भोइस म्यासेज छोडदै भनी "गुड्नाइट बाइ होप टु सि यो यु सुन" हाय रे उस्को बोलिको लवच जति सुन्यो उत्ति सुन्न मन लाग्ने दोर्याइ तेहेर्याइ सुनें सुनिरहे सुनिरहेँ उ अफ्लाइन भइ तर मेरो मन मा फेरि अन्लाइन भइ फेरि अन्लाइन भयो त्यो सेराटन पार्क फेरि अन्लाइन भयो त्यो कतार फुट फेस्टिभल टु थाउजेन्ड एन्ड नाइन्टिन।
"कतार फुड फेस्टिभल  टु थाउजेन्ड नाइन्टिन" मा इभेन्टगार्ड को रुपमा काम गर्दा को क्षण सायद मेरोलागी र उसको लागी अबिस्मरणिय नै रहला यो जुनिमा।,जहांँ हामिले एक गन्तब्य बिहिन बाटो खनेका थियौं ।हामी दुबैलाइ थाहा थियो कि न त्यो बाटोको गन्तब्य हुनेंछ न खोज्न प्रयास गरिनेंछ,मान्छेको मन एक भएपछी कस्सैको बाउको केहि लाग्ने रहेनछ। मन मिलेपछी  न धर्मले रोक्छ न जात ले रोक्छ न रंगले रोक्छ न त भासालेनै रोक्छ न काम ले नै रोक्न सक्छ,रोक्छ त केवल समय परिस्थिति ले ,यस्तैमा अड्क्यो उस्को र मेरो कहानी पनि। र रहयो कहिल्यै नबिर्सिने क्षण बन्यो जिबन मा। उ एक मेडिसिन पसल मा पार्ट टाइम सेल्सगर्ल थिइ,अग्लि पातली तर बयानै गरौं भने स्वर्गकी परि भन्दा फरक नपर्ने ठुलाठुला आँखा भएकी उ जति पल्ट आंखा झुधेपनी मुस्कुराइ रहन्थी,एक सेल्स गर्ल मा हुनुपर्ने गुण उसमा भरपुर थियो। उ सधै स्माइलको साथ बोल्ने गर्थी मधुर स्वर मा सधैंं आउनेबित्तिकै हाइहलो गरिहाल्थी हाल खबर सोधिहाल्थी,अरुको नजर मा कस्ती थिइ त्यो त उ आंफै जानोस तर मेरो नजर मा उ नाम जस्तै स्विटी थिइ त्यसैले उस्लाइ मैले मेरै उपनाम दिएंको थिएँ स्विटी,फेरि उस्कि सहयात्री यति गमक्क परेकी थिइ कि उसको हाउभाउ हेर्दा लाग्थ्यो सोच्दिहोली म भन्दा राम्री त यो संसार मै छैन होला। बिस्तारै परिचय हुंदै गयो दिन बित्त्दै थियो एक्दिन ड्युटी जोइन गरेको ३घन्टा नबित्दै उ ल्याग्राङ लुङ्रुङ गरेर लढ्न खोज्दैथी फेरि समालिएर एक्छिन यताउता गरि मलाइ संका लागिहाल्यो यो केटिको चाला आज ठिक छैन भन्ने,अनि एक्दमै सतर्क भएर उसैलाइ अलि टाढाबाट हेरिरहेको थिएँ उ त फेरि ढल्नै खोजी उस्कि साथी मोबाइल मै ब्यस्त थिइ उसलाइ केहि मत्लब थिएन। उ आफनै ताल मा थिइ मानौ भाड्मे जाए सब दुनियाँ । छेउमा गएँ सोधेँ के भयो तिमि ठिक छौ? आइम ओके उ बोल्न त बोलि तर उसलाइ सरिर ले साथ दिएन, उ बाङोबाङो भएर ढल्न मा मात्र आंटेकी थिइ मैले च्यप्पै समाएँ  अग्लि पातलि उ मेरो हातमै ढली,कानुनी हिसाब ले गल्फ मा कस्सैलाइ छुन मिल्दैन त्यो पनि छोरिमान्छेको  हकमा त झन पटक्कै,तर दिमाग ले केहि सोचेन त्योबेला मात्र सोच्यो उस्लाइ भुँइमा ढल्न नदिनु मेरो कर्तब्य हो,अनि गरेंपनी त्यही,एउटा हातले उस्लाइ समाएर अर्को हात के रेडियोमा सुपरभाइजर लाइ बोलाएँ परेको बेला त बजिया ठाँडोले पनि काम गरेपो,3/4पल्टमा सुपरभाइजर ले रिप्ले गर्यो सिच्वेसन बताएँ,त्यतिबेला सम्म उस्ले आँखा बन्द गरिसकेकी थिइ,तर धड्कन चाहींं चलिरहेको रैछ एकैछिन मा सुपर्भाइजर ले फेरि अडर दियो सिपिआर रुम मा लिएर आउ म आउंछु सिपिआर दिदैंगर्नु हामी न आइन्जेल भनेको छ मेडिकल टिम ले सक्छौ ल्याउन? मैले सक्छु भनें तत्काल दुबैहात ले उसलाइ तेर्सो पारेर बोकेर अन्डर ग्राउन्ड बिल्डिङ को फ्र्स्ट एड रुम को लागी लिएर हिडेँ मान्छेहरु हटाउन मा साथिहरुलाइ भयाइ नभयाइ थियो,त्यहिबेला एउटि फिलिपिनि म संङ रिसाउंदैन थिइ, भन्दैथी नट एलाउड लाइदिस ट्च टु गर्ल,मलाइ सिरि चल्यो भन्दिएँ खल्लिबल्ली रुल्स आइ डोन्ट केयर इन दिस सिच्व्सन! उसका कुरा पनि ठिकै थियो त्यो अबस्थामा वेल्चियर को प्रयोग गर्नुपर्थ्यो,तर बेहोस मान्छेलाइ छोडेर विल्चियर खोज्न कहाँ जानु? जे पर्लापर्ला बोकेरै लान्छु भन्ने भावना मनैबाट ओत्प्रोत भयो गरेंपनी त्यसै,सायद त्यो दिन उ सकिएकी भए म जेल मा हुन्थेँ यो बेला। बल्ल बल्ल लिफ्ट मा पुर्याएँ मेरो पछि पछि १जना इन्डियन २जना केन्या अनि १जना नेपाली हाम्रै सहकर्मी कुदिरहेका थिए कोहि मान्छे साइड गर्दैथिए त कोहि रेडियोमा सुपरभाइजर ला सिक्वेसन  बताउँदैथिएं,सि पि आर ट्रेनिङ त मैलेपनी लिएको थिएँ तर सर्टिफिकेट म सङ थिएन नत्र त्यत्रो दुख गर्नै पर्थेन। उसलाइ बोकेर लिफ्ट सम्म पुगदा मेरो सरिर सबै पसिनाले भिजिसकेको थियो हात गलेर फत्र्याक्फुत्रुक भएको थियो। तैपनी हिम्मत हारिनँ सोचेँ अब त जाबो 1मिनेट त हो म सक्छु भन्ने जोस भित्रै बाट आयो। छोडिन मरिमरी फ्रस्ट एड रुम मा पुर्याएँ चिसो रूम मा लगेर सुताएर सिपिआर दिन सुरु गर्न आटेँको मात्र थियो सुपरभाइजर ले उसले बिस्तारै आँखा चिम्चिम पारी अनि देब्रे खुटाको बुढी औंला हल्लाइ। अनि एकै झिमिक मा आँखा खोली।भगवान! मेरो सास उफ्फ फुल्यो मुटु फुल्यो अनि सुपरभाइजर ले उसको कुम मा थम्थमाउँदै सोध्यो आर उ ओके? फेरि सोध्यो हेए आर यु ओके ? उ बोल्न त बोलिन तर मुन्टो हल्लाएर ओके भन्ने सुचित गरि। म हेरेको हेरेइ थिएँ केहिबेर मा मलाइ हेरेर उ मुसुक्क मुस्काइ सुपर्भाइजर ले उसको आफन्त को नम्बर माग्यो उस्ले मलाइ उस्कै पाइन्ट को गजिमा मोबाइल भएको र निकाल्न हात ले इसारा गरि सायद उसमा त्यती मोबाइल निकाल्ने दम पनि नहुंदो हो। मैलेपनी केहि नसोची उसको पाइन्ट को अघिल्लो पटिको गोजिमा रहेको मोबाइल निकालिदिएँ !अनि भनी हज्बेन्ड। तत्काल उसको हस्बेन्ड भनी सेभ गरिएको नम्बर मा सुपर्भाइजर ले कल गरेर सबै जानकारी गराए अनि आउन पनि अनुरोध गरे आधाघन्टा पछि आउने उताबाट उत्तर आयो, उतिबेलानै सरकारी मेडिकल टिम पनि आइपुगेछ। ,सुपर्भाइजरले उनिहरुलाइ पनि जानकारी गराए,चेक जांच सुरु भयो।अबस्था सामान्य रहेको पनि उनिहरुको सिस्टम मा जानकारी गराउँदै थिए उनिहरुले पनि म लाटो जस्तो उसैलाइ हेरिरहेको थिएँ,तर जतिपल्ट नजर जुध्यो उतिनैपल्ट मुस्कुराउन उ छोडेकी थिइन बिल्कुल पहिले जस्तै। मेडिकलपर्सनले स्लाइन जोडे स्लाइन उसको सरिर मा चढ्दैगर्दा एउटा झुस्स दारी भएको अधबैंसे केटो आइपुग्यो,र सुपर्भाइजर लाइ भन्यो "हेए अफिसर सि इज माइ वाइफ" सुपर्भाइजर ले पनि भन्यो "ओह डोंअॠ शि इज अल्मोस्ट फाइन नाउँ" उ अलिकती मुस्कुरायो, अनि हामिलाइ सुपर्भाइजर ले आ आफ्नो एरियामा जान निर्देसन गरे। त्यस्पछी म एक झपक उसलाइ हेरेँ र जान्छु भन्नेभाब दर्साएँं।उ मुसुक्क हाँसी म आफ्नो काम मा लागेँ माथी स्टेज एरियामा मलाइ देख्दा पहिले देख्नेजती सबैले उस्को बारे जान्न चाहे अघि नट एलाउड भन्ने ले त वेल्डन हिरो सम्म भन्न भ्याइहाली। उसकी सहकर्मी ले सोधी कस्तो छ उस्लाइ अहिले मैले भनें ठिक भैसकी उस्को बुढो पनि आएको छ स्लाइन लाउंदैछ्न। अनि आफ्नोकाम तर्फ लागेँ १ घन्टा पछि फेरि रेडियोमा सुपर्भाइजर को म्यासेज आयो। "किलो प्रोसिड टु द फ्र्स्ट एड रुम" म फ्रस्ट एड रुम तिर लागेँ ।फ्र्स्ट एड रुम पुग्दा सिच्वेसन बिल्कुल अलग थियो उ गफ गरिरहेकी थिइ मेडिकल टिम ले सरिर मा पानीको मात्रा कम भएकाले यस्तो भएको भनेर पानी अलि बढी खान सल्लाह दिएर गएको रहेछ। पुग्न साथ उसको बुढोले मसङ हात मिलाउँदै परिचय गर्यो उ एउटा गाडिको सोरुम को मेनेजर रहेछ आँखा रसिलो पार्दै भन्यो यु आर द रियल हिरो फर मि थ्यान्स अ लट फर एभृथिङ। सायद सुपर्भाइजर ले सबै बृतान्त सुनाउन भ्याइसकेछ । अनि सुपरभाइजर भन्यो ले तिमिलाइ भेट्ने इच्छा गर्यो अनि बोलाको। अनि नाइस टु मिट यु सर टेक केयर भनेर म आफ्नो एरियामा फर्किएँ।

Comments