कोरोना लकडाउन अनि हामि!
Covid-19 अर्थात कोरोना नोभल भाइरस, बिस्वब्यापिरुप मा संकट उत्पन्न भएपछी हाम्रो सरकारले पनि आफ्ना नागरिक कोरोनाका सिकार नहुन भन्ने उदेस्यले गत हप्ता लकडाउन जारी गर्यो। संगसंगै सुरु भए बिभिन्न खाले टिकाटिप्पणी कसैले बुझ्ने जान्ने ले भनें ढिलै भएपनी सरकारको निणय राम्रै हो भने अबुझी फ्यालफ्याल गर्ने फ्यालफ्यालेहरुले धित मरुन्जेल सराप्न पनि भ्याए,धेरै मान्छेले राम्रै भने साथ दिए ठिकै पनि हो दिनुपनी पर्छ आखिर आफ्नै स्वास्थ को सवाल छ।संगसंगै सुरु भो सामाजीक संजाल मा चटक देखाउने हरुको नाटक कोहि ट्रोल बनाउन तिर लागे कोहि पंखा घुमेको गन्न त कोहि चिनिका दाना गन्न कठै!कहिले आउने हाम्रो बुद्धि ? फेरि क्याप्सन पनि यस्तो लेख्छ्न कि मानौ, लकडाउन ले गर्दा उनिहरुको सर्बस्वहरण भो!जिन्दगिमा उक्सिन नसक्ने गरि रिण मा डुबे,डुबेकै भएपनी सोच्नुपर्ने हैन र जिबन रहे न सम्पत्ति कमाइन्छ? लाटो देसको घांडो तन्नेरी पनि यहि मौकामा देखिए कोहि खाली सिलिन्डर लिएर चोक्चोक डुल्दै प्रहरिको आंखामा छारो हाल्न निस्किए त कोहि रक्सी खाएर दिउंसै १पावा जति पातलो कपडाले सरिर छोपेर अधिकार को कुरा गर्दै हाइवेमा निस्किए,कहि नभएको जात्रा हाम्रै देस मा भयो।आखिर घर मा बस्ननुस सुरक्षित हुनुस भनेर भनेको हाम्रै लागी हैन त? ठन्डा दिमाग ले सोचौँ? २/४दिन आफ्नै बारिको लट्टेको साग र भात खांदा २/४बर्स बांचिन्छ भने किन घर नबस्ने? किन बिचरा ति सबै घर मा परिवार सङ बसिरहदा चाउचाउ र पानी खांदै सुरक्षा मा खटिएका सुरक्षाकर्मिलाइ दुख दिने? तिनिहरुले बाहिर ननिस्कनुस घर मै बस्नुस भनेर भनेका हाम्रै लागी हैन र? भोकै र तिर्खै बाटामा खटिनु तिनिहरुको मन मर्जी हो? त्यती गर्दा पनि कतिलाइ अझ पुगेको छैन चोक मा बरालिन पुगिरहेका हुन्छ्न अनि पिटाइ खाएपछी रोइलो सामाजिक संजाल मा कठै! अब नियम उल्लंघन गर्नेलाइ नपिटेर के पुजा गरिदिनुपर्ने सुरक्षागार्डले? अझ युटुबर को त कुरै छोडौ जे मन लाग्यो त्यही लेखेर भिडियो बनाइदिन्छ्न। सम्झिंदा यस्तो लाग्छ देस मा गड्तन्त्र भन्दा बढी त छाडा तन्त्र हाबी भयो। हिजो एउटा अन्लाइन को समाचार पढेको थिएँ,हेड्लाइन थियो कोरोनाले गर्दा बजारमा कण्डम को अभाब। राम!राम! कहाँ कहांबाट यस्तो समाचार लेख्न आँट आउछ खै अन्लाइन पतृकाहरुलाइ अनि अभाब भो भन्ने क्लिनिक वा हस्पिटललाइ? खै के सोचेर यस्तो समाचार लेख्न वा अडियो भिज्वल सामाग्री प्रस्तुत गराउन भन्छ्न? समाचार हरु हेर्दा लाग्छ सुरक्षित हुन घर मा बस्नुस भनेर हैन रसलिला मचाउन सरकार ले लकडाउन गरेको हो तर हामी मुर्ख नबनौ कोरोनालाइ खेलाचिं नगरौ आफुँ पनि बचौं अरुलाइपनि बचाउँ।
#stayhome
#Staysafe
Comments
Post a Comment